तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
साउन २८, २०७८ बिहिबार १२:१५:५३
वि.सं.२०७८ साल साउन २८ गते । बिहीबार । ईश्वी सन् २०२१ अगष्ट १२ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– चतुर्थी, दिउसो ०३ बजेर ४२ मिनेट उप्रान्त पंचमी । नक्षत्र– उत्तराफाल्गुनी, बिहान १० बजेर १० मिनेट उप्रान्त हस्त । योग– सिद्ध, बेलुकी ०६ बजेर २८ मिनेट उप्रान्त साध्य । करण– भद्रा, दिउसो ०३ बजेर ४२ मिनेट उप्रान्त बव, रातको ०२ बजेर ५१ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४२ मिनेट । दिनमान ३२ घडी ५४ पला ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- व्यवसायमा लगानी बढाउदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्यक्तिसँग प्रतिस्पर्धा गर्नु परेपनि अन्तत तपाईकै पक्षमा नतिजा आउदा मन खुशि हुनेछ । पठन पाठनमा अली मन नजादा गृहकार्यहरु समयमा सकाउन मुस्किल पर्नेछ । रमाईलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा बिश्वास बढेर जाने तथा बिबाह मार्फत सम्बन्धलाई लामो समय सम्म टिकाउन सकिनेछ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- अध्ययनमा प्रशस्त समय दिन सकिनेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । तपाईको ईमान्दारिताको कदर सबैले गर्नेछन् । बन्द व्यापार फस्टाएर जाने हुनाले मनग्गे लाभ लिन सकिनेछ । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमता पुर्वक निराकरण गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्ने तथा उपहार प्राप्तीको योग रहेकोछ । सन्तान तथा आफन्तबाट सहयोग रहने हुनाले मन प्रशन्न रहनेछ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- भौतिक सम्पती तथा बिलाशि वस्तुको व्यापार कमै हुनेछ भने कृषि सहकारी तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । आमा तथा आफन्तसँग सानो सानो कुरामा मनमुटाब बढ्ने तथा टाडिएर टाडाको यात्राको तय गर्नु पर्नेछ । पढाईलेखाईमा मन नजाने तथा खोजमुलक क्षेत्रको कामहरु थाती रहनेछन् । राजनीति तथा समाजसेविहरुले समाजमा काम देखाउन नसक्दा बिश्वास जित्न अलि बढि नै समय खर्चनु पर्नेछ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- उद्योग तथा व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक क्षेत्रमा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सकारात्मक नतिजा आउनेछ । पढाईलेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा दाजुभाई तथा आफन्तहरु खुशि हुनेछन् । विवाद तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा नजिक हुने समय रहेको छ ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- व्यापार व्यापार फस्टाएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ । कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च सम्मान गरिनेछ भने बिशिष्ट व्याक्ति मार्फत सम्मान पाउने योग रहेकोछ । कुटुम्बसँग मिलेर गरिने व्यापार व्यवसाय फस्टाएर जानेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउदै अगाडी बढ्न सकिनेछ । मायाप्रेममा सामिप्यत बढ्नेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । साथिभाईसंगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय व्यतित गर्न सकिनेछ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन शुखि रहनेछ । पढाईलेखाईमा प्रतिस्पर्धीहरुलाई हराउदै अगाडी बढ्न सकिनेछ । बिभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुने हुँदा आफन्तहरु खुशि हुनेछन् । सुन्दर तथा बिलाशी वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिने छ । उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपहार प्राप्तिको योग रहेको छ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- कुनैपनी आर्थिक कारोबार गर्दा सचेत हुनुहोला आर्थिक कारोबार बिग्रिने तथा दण्ड तथा जरिवाना हुने सम्भावना रहेको छ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेको छ । पढाईलेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । तरपनि काम तथा अध्ययनको शिलशिलामा यात्राको गतिलो सम्भावना रहेको छ । विदेशी सामानको व्यापार फस्टाएर जानेछ भने विदेशमा बसेर व्यापार व्यवसाय गर्नेहरुका लागि समय फलदायी रहनेछ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- व्यापार व्यवसाय फस्टाएर जानेछ भने धन आगमनको गतिलो योग रहेको छ । बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत कारोबारहरु बढेर जानेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेको छ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानी हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिनेछ ।
धनु’ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- समाजसेवा तथा राजनीतिमा समय दिनेहरुले जनताको प्रत्यक्ष सहभागितासहितको सहयोग पाउनेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरु फराकिला हुनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगती गर्न सकिनेछ भने तपाईको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । गीतसंगित तथा कला साहित्यमा समय दिनेहरुले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ ।
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- धार्मिक तथा आध्यात्मक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र मन्दिर तिरको यात्रा गर्न सकिनेछ । पढाईलेखाईमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यवसाय गर्न सक्दा थप लगानी गर्न सकिने छ । नयाँ काम पाउने तथा राम्रो स्थानमा स्थानान्तरण हुने योग रहेको छ । पुराना काम सफलता पुर्वक सम्पन्न हुने हुनाले मन प्रशन्न हुनेछ । सानो सानो प्रयत्न गर्दा पनि मनग्गे आम्दानी हुनेछ भने व्यापार व्यवसाय फस्टाएर जानेछ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यवधान हुने हुनाले मानसिक तनाब बढ्ने छ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जागर हराएर जानेछ । पढाईलेखाई तपाई आफ्नै कारणले बिग्रने हुँदा अरुभन्दा पछि परिने छ । प्रेम प्रशङग टाडै रहनुहोला प्रीय पात्रसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । बिधिबिधान तथा कानुन सम्बत् काम गर्नुहोला दण्ड तथा जरिवाना हुने ग्रहयोग रहेको छ ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइने छ। आयआर्जन पनि राम्रै हुने छ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामबाट पनि फुर्सद पाइने छ। व्यापारकै शिलशिलामा यात्रा हुने योग रहेको छ । तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार