हाटबजार सञ्चालनमा नआउँदा आकाशियो तरकारीको भाउ
नेपालबहस संवाददाता
साउन २८, २०७८ बिहिबार १८:२२:२८
◊दुर्गा देवकोटा
२८ साउन, टीकापुर । कैलालीमा किसानको स्थानीय उत्पादन बिक्री गर्ने हाटबजार सञ्चालनमा नआउँदा तरकारीको मूल्य आकाशिएको छ । कोरोना महामारी समुदायमा फैलिएपछि बन्द भएका हाटबजार सञ्चालनमा नआउँदा अहिले तरकारी किन्न नसक्ने गरी मूल्य बढेको हो ।
कोरोनाका कारण गत वैशाखबाट बन्द भएका हाटबजार सञ्चालनमा आउन सकेको छैन । “यो मौसममा स्थानीय तरकारी उत्पादनमा समेत कमी आउँछ, अझ हाटबजार बन्द भएकाले साना किसानको उत्पादनले बजार पाएन”, किसान शम्भु चौधरी भने, “यसको असर तरकारीको मूल्यमा परेको छ । बाहिर जिल्लाबाट आएको तरकारी छोइनसक्नु छ । गोलभेँडा, करेला, सिमी, बोडीलगायतका तरकारीको मूल्य प्रतिकेजी रु १०० भन्दा माथि छ ।”
स्थानीय तरकारी उत्पादनमा कमी हुँदा बजार मूल्य धेरै तिर्नुपर्छ । सिजनल समयमा धेरै किसान तरकारी उत्पादनमा सहभागी हुन्छन् । यो समयमा धेरैले धानखेती गर्छन्, अझ उत्पादन भएको तरकारीसमेत बजारमा आउन पाएको छैन । “साना किसानले उत्पादन गरेको तरकारी हाटबजारमा बिक्री हुन्थ्यो, तरकारी बिक्रेताकहाँ लैजाँदा मूल्य पाइँदैन”, अर्का किसान रमेश धामी भन्नुयो, “मूल्य नपाइने भएपछि हामीले बिक्री भएजति तरकारी गाउँमै बिक्री गर्छौँ, बाँकी बारीमै सड्छ । बजारका बिक्रेताले हामीसँग किनेको तेब्बर मूल्यमा बेच्छन्, हामी घाटामा हुन्छौँ ।”
वैशाखमा लकडाउन भयो । लकडाउनका समयमा बारीमा उत्पादन भएको तरकारी बजार नपाएर किसानले बारीमै नष्ट गरे । “काक्रा, लौका, भिन्डी, बोरी, हरियो खुर्सानीलगायतका तरकारीले बजार नपाएर बारीमै नष्ट गर्याैं, अब त तरकारी खेतीप्रति रुचि घटेको छ”, उनले भने, “उत्पादनले बजार नपाउँदा किसानलाई घाटामात्र होइन उत्साह पछि घट्छ ।”
जिल्लामा यो सिजनमा तरकारीमात्र होइन फलफूलको समेत मूल्य वृद्धि भएको छ । वर्षात्का सिजनमा स्थानीय क्षेत्रमा तरकारी उत्पादनमा कमी हुनुका साथै अन्य जिल्लाबाट तरकारी आयात हुने हुँदा तरकारीको मूल्य उच्च भएको उपभोक्ता माया चौधरीले बताए । “घरमा पनि तरकारी उत्पादन छैन, बजारमा तरकारी निकै महङ्गो छ”, उनले भने, “धानखेती गर्ने परम्पराले पनि यो सिजनमा तरकारी उत्पादनमा कमी हुने गरेको हो । सिजनल समयमा सबै किसानले तरकारी उत्पादन गर्ने गरेता पनि यस सिजनमा व्यवसायिक किसान मात्र तरकारी उत्पादन गर्दछन् । सीमित किसान मात्र तरकारी उत्पादन गर्ने भएकाले अहिलेको सिजनमा तरकारीको मूल्य अन्य समयभन्दा उच्च हुन्छ ।”
अहिले जिल्लामा भारतीय बजारसँगै सुदूरपश्चिमको पहाडी इलाकाबाट तरकारी आयात हुने गरेको छ । पहाडी जिल्ला तथा भारतबाट आउने भएकाले तरकारीको मूल्य उच्च हुने गरेको स्थानीय तरकारी उत्पादक किसान बलीराम चौधरीले जानकारी दिए ।
ग्रामीण क्षेत्र उत्पादन केन्द्रित र शहर क्षेत्र तरकारीको खपत हुने क्षेत्रका रूपमा नभई सानो क्षेत्रमा करेसाबारी, कौशीखेतीको अवधारणाले तरकारी उत्पादनमा लाग्न सके तरकारीको उच्च मूल्यको मारबाट बच्न सकिने कृषि प्राविधिकको सुझाव छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैंकको प्रक्षेपण
पुष ६, २०८१ शनिबार