बाढीपहिराेका कारण विद्युत् नहुँदा स्वास्थ्यसेवामा समस्या
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
साउन २८, २०७८ बिहिबार १८:२७:५२
![](https://nepalbahas.prixacdn.net/media/albums/Hospital-1_iiLMiy6tPV.jpg)
२८ साउन, मनाङ । बाढीपहिराेका कारण यस हिमाली जिल्लामा स्वास्थ्यसेवा प्रवाहमा समस्या भएको छ । गत असार १ गते आएको बाढीपहिराेले विद्युत् आपूर्ति अवरुद्ध गराएकाले सर्वसाधारणलाई सबै प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउन कठिन भएको हो । विद्युत्को अभाव र सौर्य ऊर्जा पनि जडान नहुँदा स्वास्थ्य तथा अन्य सेवाबाट मनाङवासी वञ्चित हुँदै आएका छन् ।
जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक रहमत अन्सारीले भने, “विद्युत् आपूर्ति नहुँदा जेनेरेटरको सहयोेग लिइरहेका छौँ, जेनेरेटर सञ्चालनका लागि इन्धन आपूर्ति गर्न मुस्किल छ, हेलिकप्टरबाहेक इन्धन ल्याउने अरु विकल्प छैन, विद्युत् नहुँदा स्वास्थ्यसेवा प्रवाहमा समस्या भएको छ”।
“सौर्य ऊर्जा ल्याइए पनि जडान गरिएको छैन, जेनेरेटर चलाएर सेवा दिँदै आएका छौँ, तेल सकिनै लागेको छ, तेल ल्याउन सडक सुबिधा छैन, हेलिकोप्टरबाट ल्याउनुपर्छ,” उनले भने, “मौसम पनि खराब छ, तेल ल्याउन सकिएन भने अबको एक÷दुई दिनमा जिल्ला अस्पतालले दिँदै आएको सेवा नै अवरुद्ध हुने अवस्थामा पुगेको छ ।”
जेनेरेटरका लागि थप तेल ल्याउन गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकिएको निरीक्षक अन्सारीले बताउनुभयो । “तेल अभाव भएको जानकारी गराइसकेका छौँ । छिट्टै आउने अपेक्षामा छौँ” उनले भने । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट मनाङ ल्याइएको सौर्य ऊर्जा हालसम्म जडान गर्न सकिएको छैन ।
स्वास्थ्य, खानेपानी, जलस्रोत तथा सिँचाइ विकास सवडिभिजन, पूर्वाधार विकास कार्यालय, भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र चामे गाउँपालिकाको कार्यालयमा सौर्य ऊर्जा जडान गर्ने भनिए पनि हालसम्म जडान गरिएको छैन । आइपुगेको सौर्य ऊर्जा जडानका लागि विज्ञ प्राविधिक नहुँदा ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।
“सामग्री आए पनि विज्ञ प्राविधिकको अभावले सौर्य ऊर्जा जडान गर्न सकिएको छैन, सम्बद्ध मन्त्रालयलाई जानकारी गराएका छौँं,” उनले भने । बाढीपहिराले क्षति पुर्याएको केही समयमा मन्त्रालयमार्फत १६ वटा सौर्य ऊर्जा ल्याएर जडान गरिए पनि पछिल्लो समय ल्याइएका पाँच वटा सौर्य ऊर्जा भने अझैसम्म जडान गरिएको छैन । विद्युत् आपूर्ति नहुँदा मनाङवासी अध्यारोमै रात बिताउँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा
माघ २२, २०८१ मंगलबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
गाजा युद्धविराम सङ्कट समाधानमा प्रगति : प्यालेस्टिनी वार्ता स्रोत
फागुन १, २०८१ बिहिबार
ट्रम्प–पुटिनको भेटपछि स्कोल्जद्वारा युक्रेनका लागि ‘निर्देशित शान्ति’ अस्वीकार
फागुन १, २०८१ बिहिबार
युक्रेन शान्ति शिखर सम्मेलनपछि अमेरिका र रुसले थप कुरा गरेकोमा चीन ‘खुसी’
फागुन १, २०८१ बिहिबार
बबरमहलको क्षतिग्रस्त सडक यथाशिघ्र बनाइदिन केयूकेएललाई डिभिजन सडकले पठायो पत्र
फागुन १, २०८१ बिहिबार
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
फागुन १, २०८१ बिहिबार
संघीय निजामति विधेयकः श्रेणीगत प्रणाली हटाएर कर्मचारीलाई तहगत संरचनामा राख्ने सहमति