आजदेखि बागलुङमा कडा निषेधाज्ञा, के गर्न पाइन्छ, के पाइँदैन?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
साउन २८, २०७८ बिहिबार १९:११:१३
![](https://nepalbahas.prixacdn.net/media/albums/lockdown-4_Sk7sqvJq8D.jpg)
२८ साउन, बागलुङ । कडा प्रावधानसहित यहाँ आगामी भदौ ५ गते मध्यरातसम्मलाई निषधाज्ञा थप गरिएको छ । अत्यावश्यबाहेकका सबै सेवा बन्द हुने गरी आज बिहान ५ बजेदेखि निषेधाज्ञामा कडाइ गरिएको हो ।
यसअघि गत मङ्गलबार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमणदर बढेको निष्कर्षसहित निषेधाज्ञा कडा बनाउने निर्णय गरेको थियो । केन्द्रका संयोजक एवं निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमद्वारा जारी निषेधाज्ञाको आदेशअनुसार सबै खाले सार्वजनिक/निजी यातायात बन्द भएका छन् ।
बजार, व्यवसाय, बैंक तथा वित्तीय संस्था, सरकारी/गैरसरकारी कार्यालय पनि सञ्चालनमा रोक लगाइएको छ । खाद्यान्न र पशुपक्षीका पसल हरेक आइतबार, बुधबार र शुक्रबार मात्र सञ्चालन हुनेछन् ।
यस्तै तरकारी, फलफूल, दूध, मासु, पानीलगायत अत्यावश्यक सेवाका पसल स्वास्थ्य मापदण्डको पालना गरेर दैनिक बिहान १० बजेसम्म मात्र खोल्न पाउने निर्णय गरिएको छ । विवाहलगायत संस्कारजन्य कार्यमा पनि एक पक्षबाट जम्मा सात जना मात्र सहभागी भएर घरमै गर्नुपर्ने नियम तोकिएको छ ।
काम नपरी घरबाहिर ननिस्कन र भीडभाडजन्य कुनै पनि क्रियाकलाप नगर्न स्थानीय प्रशासनले सबैमा आग्रह गरेको छ । त्रिभुवन विश्वविद्यालय, लोकसेवा र व्यावसायिक तालिम परिषद्बाट सञ्चालन हुने पूर्वनिर्धारित परीक्षा भने सञ्चालन हुने जनाइएको छ ।
कोभिड–१९ विरुद्धको खोप अभियानले भने निषेधाज्ञामा पनि निरन्तरता पाउने केन्द्रले जनाएको छ । एम्बुलेन्स, दमकल, शववहानलगायत अत्यावश्यक सेवामा प्रयोग भएका सवारी साधन सञ्चालनमा भने कुनै अवरोध छैन ।
यस्तै सदरमुकामदेखि जिल्लाका विभिन्न भेगमा हुने खाद्यान्नको ढुवानीका लागि आइतबार, बुधबार र शुक्रबार सवारी साधन चलाउने दिइने भएको छ । बागलुङ भएर अन्य निषेधाज्ञा नभएका जिल्लामा जाने सवारी साधनले भने जिल्लाभित्र यात्रु चढाउन र ओराल्नसमेत नपाउने भएका छन् ।
दोस्रो चरणको महामारी भित्रिएपछि गत वैशाख तेस्रो सातादेखि यहाँ निषेधाज्ञा जारी छ । बीचमा संक्रमणदर केही घटेपछि खुकुलो पारिएको निषेधाज्ञा पुनः संक्रमण बढेसँगै कडा पारिएको हो । स्वास्थ्य कार्यालयका अनुसार हाल जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या ६४८ छ । कोरोनाका सङ्क्रमणका कारण ६३ जनाले ज्यान गुमाएको कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा
माघ २२, २०८१ मंगलबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
फागुन १, २०८१ बिहिबार
संघीय निजामति विधेयकः श्रेणीगत प्रणाली हटाएर कर्मचारीलाई तहगत संरचनामा राख्ने सहमति
फागुन १, २०८१ बिहिबार
गाजा युद्धविराम सङ्कट समाधानमा प्रगति : प्यालेस्टिनी वार्ता स्रोत
फागुन १, २०८१ बिहिबार
ट्रम्प–पुटिनको भेटपछि स्कोल्जद्वारा युक्रेनका लागि ‘निर्देशित शान्ति’ अस्वीकार
फागुन १, २०८१ बिहिबार
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश
फागुन १, २०८१ बिहिबार
ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा पूर्ण इजलासमा पेश हुने