लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा केसी नियूक्त, आजै शपथ लिने
नेपालबहस संवाददाता
साउन २८, २०७८ बिहिबार २१:५७:४०
२८ साउन, बुटबल । माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
आजै चार दलीय गठबन्धनले ४२ सांसदहरुको हस्ताक्षरसहित केसीको नाममा आफूहरुको समर्थन रहेको भन्दै प्रदेश प्रमुख समक्ष दावेदारी प्रस्तुत गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । केसीलाई कांग्रेस, जनमोर्चा र जसपा समेतको समर्थन रहेको छ ।
हिजो मात्रै एमालेबाट निर्वाचित मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमत पुर्याएर नयाँ सरकार गठनका लागि दावी पेश गर्न प्रदेश प्रमुखले २२ घण्टाको समयसीमा दिएका थिए ।
नवनियुक्त मुख्यमन्त्री केसी रोल्पा १ (क) बाट निर्वाचित भएका थिए । प्रदेश प्रमुखले केसीलाई मुख्यमन्त्री नियुक्त गरेसँगै आजै शपथग्रहण गराउने तयारी गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार