देउवा निवास बुढानीलकण्ठमा घेराउ तथा प्रर्दशन, सुरक्षा व्यवस्था कडा
नेपालबहस संवाददाता
साउन २८, २०७८ बिहिबार २२:१६:१८
२८ साउन, काठमाडौं । भदौ २३ को समयसीमा भित्रै महाधिवेशन सुनिश्चित गर्न माग राख्दै नेपाली कांग्रेसका यूवा नेताहरुले देउवा निवास घेराबन्दी गरेका छन् । महाधिवेशन कै बारेमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा केन्द्रीय समितिको बैठक बसिरहेको बेला यूवा नेताहरुले विभिन्न प्लेकार्डसहित निवास घेराउ गरी प्रर्दशन गरेका छन् ।
महाधिवेशन अनिश्चित हुँदै जादाँ पार्टी वैधानिकता नै संकटमा पर्ने चिन्ता लिएर नेपाली कांग्रेसका युवा नेताहरू नेतृत्वको ध्यानाकर्षणका लागि प्रदर्शन उत्रिएको यूवा नेता रञ्जित कर्णले नेपालबहस डटकमलाई बताए । समायोजनका नाममा क्रियाशील सदस्यताको धाँधली बन्द गर्न पनि उनले माग गरेका छन्।
‘कांग्रेसले विधान र संविधानलाई कांग्रेसले पालना गर्नुपर्छ। विधानले चार वर्षमा महाधिवेशन गर्ने भनेको छ। तर एक वर्ष थपेर संविधान अनुसार छ महिना अझै थप गर्दा पनि महाधिवेशन सुनिश्चित भएन,’ उनले नेपालबहससँग भने ।
१४ औं महाधिवेशन समयमै गर्नुपर्ने भन्दै “सबल कांग्रेसका लागि हाम्रो अभियान”मा आबद्ध रहेका युवाहरूले प्रदर्शन गरेका हुन् । पार्टीका सातै प्रदेशका नेता तथा कार्यकर्ताले बिहीबार साझँ प्रतिनिधिमुलक रूपमा प्रदर्शन र धर्ना दिएको अर्का यूवा नेता क्षितिज भण्डारीले बताए ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर उनीहरुले पार्टीको विधान र नेपालको संविधान पनि बुझाएका छन् । केन्द्रीय समितिमा नरहेका युवा नेताहरूले थालेको ‘सबल कांग्रेस निर्माणका लागि हाम्रो अभियान’का तर्फबाट त्यहाँ पुगेका युवा नेताहरूको भीडका कारण बूढानीलकण्ठ वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
बाहिर आन्दोलन भइरहँदा भित्र नेताहरू भने केन्द्रीय समिति बैठक बसिरहेका छन् । पार्टीले आज महाधिवेशन सार्ने बारे महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।
झलकहरू:-
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार