जनार्दन शर्माले श्वेतपत्र होइन, आलोचना पत्र जारी गरेः पूर्व अर्थमन्त्री पौडेल
नेपालबहस संवाददाता
साउन २८, २०७८ शुक्रबार ०:२:५७
२८ साउन, काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक स्थितिको श्वेतपत्र अघिल्लो सरकारको आलोचना र विरोधमा केन्द्रित रहेको आरोप लगाएका छन् । अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र होइन, आलोचना पत्र जारी गरेको पूर्व अर्थमन्त्री पौडेलको आरोप थियो ।
प्रतिनिधिसभामा दुई दिनअघि अर्थमन्त्री जनार्दन शर्माबाट प्रस्तुत देशको वर्तमान आर्थिक अवस्थाको जानकारीमाथि आजको बैठकमा मन्तव्य व्यक्त गर्दै नेकपा (एमाले) का नेता पौडेलले अर्थ मन्त्रालय, राष्ट्र बैंक, तथ्याङ्क विभाग, महालेखा नियन्त्रक तथा महालेखा परीक्षकजस्ता राज्यका आधिकारिक निकायले आफूसँग सम्बन्धित अर्थतन्त्रका परिसूचक सार्वजनिक गर्ने भएकाले मुलुकको आर्थिक अवस्थाको तथ्याङ्कबारे कुनै फेरबदल नहुने र सरकार परिवर्तन हुँदा नयाँ सरकारले खण्डन गर्न नहुने जिकिर गरेका हुन् ।
श्वेतपत्रमा कोभिड अवधिसमेतको विगत तीन वर्षमा मुद्रास्फिति पाँच प्रतिशतको हाराहारीमा रहेको र यो वर्ष ३.६ प्रतिशतको सीमामा रहेको, आर्थिक वर्ष २०७३/७४ मा १९.८ प्रतिशतले वृद्धि भएको राजस्व २०७७/७८ मा २२ प्रतिशतले वृद्धि भएको जस्ता तथ्य स्वीकार गरिएको तर महामारीले विश्व अर्थतन्त्रसँगै नेपाली अर्थतन्त्रलाई पनि गम्भीर नकारात्मक असर पारको यथार्थलाई बेवास्ता गरिएको बताए ।
“आर्थिक वर्ष २०७३/७४ मा बचतको तुलनामा उपभोगमा ८७ प्रतिशत खर्च भएको भन्दै २०७७/७८ मा ९३ प्रतिशत पुग्यो भनिएको छ । तर यो अवधि कोभिडका कारणले उत्पादन र आय घटेको र औसत खर्च भने कायम रहेको अवधि हो भन्ने यथार्थलाई बेवास्ता गरिएको छ”, पौडेलले भने, “सरकारी खर्च २०७४/७५ मा २४.९ थियो र २०७७/७८ मा १९.३ मा झ¥र्यो भनिरहँदा पनि कोभिडका कारणले सिर्जित लकडाउनको प्रभावलाई बेवास्ता गरिएको छ । २०७४/७५ मा ६४.१ प्रतिशत रहेको चालू खर्च २०७७/७८ मा ७२.१ प्रतिशत भयो भनेर यथार्थलाई ओझेल पार्न खोजिएको छ । यो पनि कोभिडका कारणले पूँजीगत खर्चमा नकारात्मक चाप पर्नाको परिणाम हो ।”
उनले अक्सफोर्ड विश्वविद्यालयका अनुसार २०१४ मा ३० प्रतिशत रहेको नेपालको बहुआयामिक गरिबी २०१९ मा १७ प्रतिशतमा झरेको र निरपेक्ष गरिबी करिब तीन प्रतिशत घटेकामा अहिले त्यसमा कोभिड महामारीको प्रभाव परेको दावी गरे ।
उनले प्रधानमन्त्री रोजगार कार्यक्रम, सीपमूलक र व्यावसायिक तालिम, श्रमिकलाई कार्यस्थलमा आधारित प्रशिक्षण, श्रमिकको सामूहिक दुर्घटना बीमाको व्यवस्था गरिएको, सामाजिक सुरक्षालाई जीवनचक्रममा आधारित बनाइएको छ र सामाजिक सुरक्षा र बालसंरक्षण अनुदान एक तिहाइले वृद्धि भएर रु चार हजारसम्म पुगेको पनि स्पष्ट पारे । कोभिड महामारीका बीचमा पनि मेलम्ची, अपर तामाकोशी, पोखरा तथा लुम्बिनी विमानस्थललगायत राष्ट्रिय गौरवका आयोजना सम्पन्न भएका र सम्पन्न हुने चरणम पुगेको उनको दावी थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार