एयरलायन्सका कर्मचारी र होटल सञ्चालकबीच मिलेमता हुँदा विदेशबाट फर्किन यात्रुमाथि चर्को शुल्क असुली
नेपालबहस संवाददाता
साउन २८, २०७८ शुक्रबार ०:५५:५१
२८ साउन, काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि काठमाडौं उपत्यकामा बिहीबार आजदेखि निषेधाज्ञामा थप कडाइ गरिएको छ । यही मौखा छोपी काठमाडौंमा होटल सञ्चालकहरुले विदेशबाट फर्किने यात्रुमाथि आर्थिक शोषण गर्ने गरेको पाइएको छ ।
पीसीआर रिपोर्ट नेगेटिभ भएकालाई पनि होटल सञ्चालकहरुसँगको साँठगाँठमा विमानस्थलका कर्मचारीले विदेशमा खाईनखाई कमाएको पैसा अनावश्यक रुपमा खर्च गराइदिने गरेको गुनासो सुनिएको हो ।
सरकारले जारी गरेको मापदण्ड अनुसार होटल क्वारेन्टाइन अनिवार्य नभएकोमा पनि पैसा असुल्नकै लागि जबर्जस्ती क्वारेन्टानमा बस्न बाध्य पारेको विदेशबाट फर्किएर एयरपोर्ट नजिकै होटल क्वारेन्टनमा बसेका एक नेपाली नागरिकले बताएका छन् ।
मित्र केसी (नाम परिर्वतन) दोहा कतारबाट करिब ४ बर्षको वैदेशिक रोजगारी सकेर साउन २७ गते स्वदेश फर्कन कतारको विमानस्थलका पुगे । त्यहाँको विमानस्थलस्थित एयरलायन्सका कर्मचारीले होटल बुकिङ नगराई नेपाल जान नमिल्ने भनी अडान लिए ।
उनले अनलाईनबाट नै नेपाल आउन टिकट बुक गरे तर त्यहाँका विमान कर्मचारीले होटल बुकिङ नगरी जान नपाइने भनि अड्डी लिएपछि उनले नेपालमा फोन गरि होटल बुक गर्न लगाए । अन्ततः होटल बुक भएपछि उनी विमानस्थल प्रवेश गरे ।
वैदेशिक रोजगारबाट स्वदेश फर्किएका परिवर्तित नाम केसी नेपालबहस डटकमसँगको कुराकानीमा भन्छन्, त्यहाँका कर्मचारीसँग विवाद गर्दागर्दै ८ बज्नै लागिसकेको थियो । फर्कनै नपाइने भएपछि मलाई जबरजस्ती होटल बुकिङ गराइयो । होटल बुकिङ गरेको रसिद लिएर गएपछि मात्र मलाई प्रस्थान कक्षतर्फ प्रवेश गर्न दिइयो ।
करिब पाँच घण्टापछि उनी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भए । विमानस्थलबाट बाहिर निस्कने बित्तिकै त्यहाँका कर्मचारीले उनीहरुलाई जबर्जस्ती एउटा गाडीमा राखेर होटलसम्म पुर्याउन सो गाडीको चालकलाई अह्राए । ती कर्मचारीले जबर्जस्ती गाडीमा बस्न लगाए र बुकिङ गरिएको होटलसम्म लैजान ड्राइभरलाई निर्देशन दिए, उनले भने ।
ड्राइभरले उनलाई एयरर्पोट नजिकै रहेको होटल ॐ प्लाजामा पुर्याए । त्यहाँ पुग्नासाथ ड्राइभरले झोला र लगेजहरु होटलभित्र लगे । होटलका कर्मचारीले ७ दिनसम्म क्वारेन्टाइन बस्नुपर्ने बताए । होटलका कर्मचारीले ड्राइभरलाई भाडाबापत पाँच सय दिए । अनि ड्राइभर त्यहाँबाट गाडी लगेर फर्किए ।
होटलमा बसेको भोलीपल्ट होटल संचालकले उनलाई होटलमा बसेको २१ हजार रकम लाग्ने सुनाए । अझै पीसीआरको छुट्टै २ हजार । कोरोना महामारीको बहानामा यस्तै ठगीधन्दा चलाउनेहरुबाट सैयौँ निमुखा नागरिकहरु शिकार बन्दै आइरहेका छन् ।
अझ बिहान बेलुकी खाने खाना पनि प्याकिङ गरेर दिने तथा त्यो खाना गेणस्तरहिन भएको उनको दुखेसो छ । त्यत्रो पैसा तिरेपछि त अलि स्ट्याण्र्डड खाना दिनु नि ? उनले भने , कैदी बन्दीलाई दिएजस्तो परैबाट नमिठो खाना खान बाध्य हुनु परेको छ । वैदेशिक रोजगारीमा दुख गरेर स्वदेश फर्किदा पाएको दुख बर्णन गरेर साध्य नै छैन् ।
कोरोना जोखिमलाई मध्यनजर गर्दै सरकारले भारत लगायत तेस्रो मुलुकबाट फर्किने नागरिकहरुलाई अनिवार्य रुपमा होटल क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था गरेको छ । सरकारी प्रावधानको फाइदा उठाउँदै कतिपय होटल सञ्चालकहरुले विमानस्थलका कर्मचारीसँगको मिलेमतोमा बढी शुल्क लिएर नागरिकलाई सास्ती दिइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनकामना केबलकार सञ्चालनको २७औं वर्षमा प्रवेश
मंसिर ९, २०८१ आइतबार
नेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार