बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
नेपालबहस संवाददाता
साउन २९, २०७८ शुक्रबार २२:८:२७
२९ साउन, काठमाडौं । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले बैंकिङ कसुरमा दोषी ठह¥याइएका फरार एक व्यक्तिलाई आज पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ बस्ने ४८ वर्षीया प्रेमकुमारी खड्गी रहेका छन् । उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलार्ई झुक्यानमा पारी चेक दिएकामा अदालतले बैंकिङ कसुर गरेको ठहर गरेको थियो ।
बैंकिङ कसुरजन्य अपराध गरेको उच्च अदालत पाटनको २०७६ साल जेठ २१ को फैसलाले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम पाँच दिन कैद र रु बीस लाख जरिवाना हुने ठहर गरेकामा उनी फरार हुँदै आएकी थिइन् ।
फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित टोलीले उनलाई आज काठमाडौंको सोहृखुट्टेबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेस गरेको प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव पक्राउ
पुष २५, २०८१ बिहिबार
वीरगन्जमा गाँजासहित चार जना पक्राउ
पुष २४, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
पुष २५, २०८१ बिहिबार
गहुँबालीमा मल छर्दै किसान
पुष २५, २०८१ बिहिबार
मुसहरबस्तीमा आगो ताप्ने व्यवस्था
पुष २५, २०८१ बिहिबार
कफीको बेर्ना उत्पादन गर्न निर्माण गरिएको टनेल
पुष २५, २०८१ बिहिबार
भूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण
पुष २५, २०८१ बिहिबार
अमेरिकाको लस एन्जलस डढेलोमा परी पाँच जनाको मृत्यु, एक हजार भन्दा बढी घर जलेर नष्ट
पुष २५, २०८१ बिहिबार