नेशनल ल कलेजका बिद्यार्थीद्वारा महिला हिंसा र शान्ति सुरक्षाबारे सांसदहरूलाई सुझाव
नेपालबहस संवाददाता
साउन २९, २०७८ शुक्रबार २२:१:५०
२९ साउन, काठमाडौं । कोरोना कहरले सबैतिर सुस्तता आएको बेलामा नेशनल ल कलेज र युएनडीपीको सहकार्यबाट भने एउटा सृजनात्मक काम सम्पन्न भएको छ । उनीहरुको संयुक्त प्रयासबाट महिला र शान्ति सुरक्षा सम्बन्धमा अनुसन्धान गरी त्यसको निष्कर्ष प्रदेश सांसदहरूलाई उपलब्ध गराएका छन् ।
सो अनुसन्धान निष्कर्षले सांसदहरूलाई आगामी दिनमा महिला र महिला सम्बद्ध क्षेत्रको समस्या बुझ्न, केलाउन र समाधान खोज्न निकै उपयोगी हुने सहभागी बिद्यार्थीहरुले बताएका छन् । महिलाका समस्या बुझ्न र समाधानका बाटा खोज्न यो उपलब्धिपूर्ण हुने देखिएको छ । आज दिउँसो मात्र सोही कार्यक्रमको “फाइनल पेपर सेयरीङ’ भएको हो ।
संयुक्त राष्ट्र संघ विकास प्रोजेक्ट (युएनडीपी) नेपालमा लामो समयदेखि कार्यरत रहेको संस्था हो । युएनडीपी संयुक्त राष्ट्र संघको एउटा अंग भएको हुँदा अरु एनजीओ र आईएनजीओ भन्दा यो फरक हुने नै भयो । यसले हाल नेपालमा महिला, कानुन, सुरक्षा, विकास, वातावरण लगायतका धेरै क्षेत्रमा काम गरेको छ ।
संयुक्त राष्ट्र संघले महिला र विकास विषयमा गरेको विशेष प्रयास अन्तरगत नेपालमा पनि यसतर्फ विभिन्न प्रयासहरू भएका छन् । पछिल्लो समय विभिन्न शैक्षिक संस्थाहरूसँग सहकार्य गरेर युएनडीपीले कार्यक्रम चलाउँदै आएको छ । हालको यो कार्यक्रम पनि त्यसैको एक अंश रहेको बताइएको छ ।
युएनडीपी जस्ता संस्थाको सहकार्यमा हुने कार्यक्रमहरू विभिन्न शैक्षिक संस्थाहरूमार्फत हुँदा त्यसमा धेरै सहजता हुने र त्यस्ता कार्यक्रमले सार्थकता पाउने अनुमान गर्न सकिन्छ। अनुसन्धानात्मक विषयमा बिद्यार्थीहरूको प्रयोग हुँदा शैक्षिक खोजी र अन्वेषणात्कम कार्य हुन सहज हुने विश्वास लिइएको छ । बिद्यार्थीबाट गरिने कार्यक्रमले शैक्षिक गुणस्तर कायम गर्ने मात्र नभई भोलिका भविष्यका धरोहर बिद्यार्थीहरू आफै पनि सम्वद्ध ज्ञानबाट प्रशिक्षित हुने अवसर पाउछन् ।
यो सहकार्यमा नेशनल ल कलेजका एकसय जना विधार्थीहरू सहभागी भएका थिए । ती सबैलाई महिला, शान्ति र सुरक्षा विषयमा एक एक कार्यपत्र लेख्न लगाइएको थियो । त्यस मध्येका उत्कृष्ट कार्यपत्र लेख्ने बिद्यार्थीहरू छनौट गरिएको छ । यसरी छनौट भएका बिद्यार्थीहरुलाई अनुसन्धान गर्ने र अनुसन्धानात्मक प्रतिवेदन तयार गर्न प्रशिक्षित गरी एउटा उपयोगी अनुसन्धान रिर्पोट तयार गरिएको हो । यसको लागि फेलोसिप समेत दिइएको आयोजकले जनाएको छ ।
यसरी फेलोसिप पाउने बिद्यार्थीहरूमा बीए एलएलबी नवौं सेमेष्टरका बन्दिता रेग्मी, सदिक्षा महर्जन, ज्योती शर्मा, बीए एलएलबी सातौं सेमेष्टरकी अपेक्षा पाण्डे र बीए एलएलबी चौथो समेष्टरका सदिन कार्की रहेका छन् ।
कार्यक्रममा विभिन्न श्रोत व्यक्तिहरूलाई सहभागी गराइएको थियो । अदालतका न्यायाधीश, प्रहरी अधिकृत, अधिकारकर्मी, सरोकारवाला क्षेत्रमा संलग्न व्यक्तिहरू र नेशनल ल कलेजका अन्य प्राध्यापकहरू र सिनियर बिद्यार्थीबाट समेत प्रशिक्षण दिइएको छ । अनुसन्धानका क्रममा प्यानल डिस्कसन, छलफल, विभिन्न प्रस्तुतिकरण, विषयवस्तु केन्द्रित अध्ययन प्रवचन आदि गरिएको थियो । करिब ३ महिना लामो यस कार्यक्रममा प्रदेश सभासद, श्रोत व्यक्ति, विषय विज्ञ, शिक्षक बिद्यार्थीहरू बीच विभिन्न किसिमका सहकार्य भएको बताइन्छ।
उक्त प्रतिवेदनमा नेपालका महिलाले शान्ति र सुरक्षाका क्षेत्रमा भोग्नु परेका अप्ठ्याराहरूलाई पहिचान र संकलन गरिएको छ । ती समस्याहरूलाई समाधान गर्नका लागि उपाय खोजी गरी कस्को कस्तो भूमिका हुन्छ भन्ने जिम्मेवारी किटान गरिएको छ । प्रदेश सांसदहरूको भूमिका पनि स्पष्ट गरिएको छ। अब त्यो प्रतिवेदन प्रदेश सांसदहरूको पहुँचमा पुर्याई आवश्यक सरकारी ऐन, नियम र नीति बनाउने र महिला मैत्री वातावरण सृजना गर्ने प्रक्षेपण गरिएको छ।
महिला बिरुद्दमा यौनजन्य हिंसा, घरेलु हिंसा, सामाजिक र आर्थिक शोषणको बढोत्तरी भएको अहिलेको समयमा यस्ता कार्यक्रमले सफलता पाउन जरुरी हुन्छ । यो कार्यले नीति बनाउने कार्य मात्र नभई कार्यान्वयन हुने अवस्था पनि सृर्जना गराओस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्तमा आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी
कात्तिक २०, २०८१ मंगलबार
लायन्स क्लव ३२५ केले चोभारमा मञ्जुश्री पार्क बनाउने, अनुमानित लागत ३५ लाख
कात्तिक १६, २०८१ शुक्रबार
जीपी कोइराला फाउण्डेशन अमेरीकाले गर्यो शुभकामना आदान-प्रदान
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार