धनराजकाे ध्यानाकर्षणपछि देउवाले भने: ‘होइन, होइन मैले यो भिडियो बनाउनेलाई रोक्न निर्देशन दिइसकेको छु’
नेपालबहस संवाददाता
साउन २९, २०७८ शुक्रबार २२:३३:४७
२९ साउन काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मलाई शेरबहादुर देउवा मनपर्छ’ भनेर बनाइएका भिडियोहरु रोक्न निर्देशन दिएको बताएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीको प्रशंसा गर्दै सार्वजनिक भएका भिडियोको विषयमा प्रश्न उठाएपछि प्रधानमन्त्री देउवाले आफ्नो प्रशंसा गर्दै बनाइएका भिडियो रोक्न निर्देशन दिएको बताएका हुन् ।
बैठकमा देउवाको ध्यानाकर्षण गराउँदै केन्द्रीय सदस्य धनराज गुरुङले भने, ‘अहिले तपाईं प्रधानमन्त्री भएपछि मलाई शेरबहादुर देउवा मन पर्छ भनेर बनाइएका भिडियोहरु देखें, यस्ता खालका प्रचारबाट तपाईं सजग रहनुस् । ‘
नेता गुरुङले बोल्दै गर्दा प्रधानमन्त्री देउवाले उनलाई रोक्दै भने, ‘होइन, होइन मैले यो भिडियो बनाउनेलाई रोक्न निर्देशन दिइसकेको छु । अब यो भिडियो आउँदैन ।’
यस्तै केन्द्रीय सदस्य गुरुङले खोप वितरणलाई व्यवस्थित गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए । ‘संसदमा मेरो प्राथमिकता खोप, खोप, खोप भन्नुभएको थियो । त्यसलाई पूरा गर्नुस् । खोप वितरण अस्तव्यस्त छ । त्यसलाई व्यवस्थापन गर्नुस्,’ उनले भने । नेता गुरुङले भ्रष्टाचारका ठूला काण्डको छानबिन गर्न पनि आग्रह गरे ।
कांग्रेस केन्द्रीय समिति बैठक देउवाको निजी निवास बुढानीलकण्ठमा जारी छ । बिहीबारदेखि शुरु भएको केन्द्रीय समिति बैठकमा क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन, समायोजन सम्बन्धी प्रतिवेदन र निर्वाचन निर्देशिकामाथि नेताहरुले आफ्नो धारणा राखिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
यु–१९ एसिया कप: नेपाल बङ्गलादेशसंग भिड्दै
पुष ५, २०८१ शुक्रबार
म्याग्दीमा आलु प्रवर्द्धन कार्यक्रम : आठ सय रोपनीमा खेती विस्तार
पुष ५, २०८१ शुक्रबार