बैंकर मनोज ज्ञवालीको दृष्टिमा मौद्रिक नीतिका ३० विशेषताहरु
नेपालबहस संवाददाता
साउन २९, २०७८ शनिबार १:५६:५३
२९ साउन, काठमाडौं । चर्चित बैंकर मनोज ज्ञवालीले नेपाल राष्ट्र बैंकद्धारा आज जारी भएको मौद्रिक नीतिका बारेमा सामाजिक सञ्जालमा लामो टिप्पणी लेख्दै सबैका अपेक्षा समेटेदै ३० विशेषताहरुमा आफ्नो ध्यान गएको उल्लेख गरेका छन् । सरकार परिवर्तनसँगै अलि ढिलो गरि आएको आर्थिक बर्ष ०७८/७९ को मौद्रिक नीतिले सकेसम्म सबैका अपेक्षाहरू समेट्न खोजेको आभास पाएको उनले बताएका छन् ।
मौद्रिक नीतिमा आएका धेरै व्यवस्थाहरु अपेक्षित रहेको ज्ञवालीको तर्क छ । मौद्रिक नीति घाेषणामा बिलम्ब हुँदै गर्दा नेपाल राष्ट्र बैकले बैकिङको वित्तीय विवरण प्रकाशनसँग सम्बन्धित निर्देशन जारी गरिसकेको कारण पनि वित्तीय विवरणलाई तत्कालै असर गर्ने अरु प्रावधान आएनन्, उनले लेखेका छन् ।
चर्चा भए झैं हकप्रद जारी गर्ने सम्बन्धित व्यवस्थामा मौद्रिक नीति मौन रहेको उनको विश्लेषण छ । बेसरेट निर्धारण, सीडी रेसियो गणना विधि सम्बन्धमा निर्देशन आउँदा बैंकिङलाई सहजता हुने गरि आउनुपर्ने अनुमान उनको छ । केही बुंदाहरुमा यो पछि आउने निर्देशनहरुले प्रष्टता दिने उनको भनाई छ ।
बैंकर ज्ञवालीले मौद्रिक नीतिका प्रमुख ३० बुदाँहरुलाई यसरी व्याख्या गरेका छन् :-
१.मुद्रास्फीतिलाई औसत ६.५ प्रतिशतभित्र सीमित राख्ने लक्ष्यसँगै आर्थिक पुनरुत्थानलाई प्राथमिकता दिदै तरलता व्यवस्थापन । गत बर्षको लक्ष्य ७ प्रतिशत ।
२.विस्तृत मुद्राप्रदायको विस्तार १८ प्रतिशत र निजी क्षेत्रको कर्जा विस्तार १९ प्रतिशत प्रक्षेपण ।
३. ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य यथावत ।
४. नीतिगत दरहरुः स्थायी तरलता सुविधा दर ५ प्रतिशत, अनिवार्य नगद अनुपात ३ प्रतिशत, वैधानिक तरलता अनुपात कम, ख र ग वर्गलाई १०, ८ र ७ प्रतिशत, बैंकदर ५ प्रतिशत यथावत ।
५. राष्ट्रिय स्तरका विकास बैंक, फाइनान्स कम्पनी र थोक कारोबार गर्ने लघुवित्तले समेत आफ्नो चुक्ता पुँजीको २५ प्रतिशत बराबर ऋणपत्र जारी गर्नुपर्ने ।
६. रु. एक करोडसम्मका घरेलु, मझौला तथा साना कर्जाहरु कुल कर्जाको १५ प्रतिशत पुर्याउन पर्ने व्यवस्था यथावत ।
७. दुई बर्षसम्म निरन्तर नोक्सानीमा चलेका व्यवसायमा प्रवाहित कर्जालाई सुक्ष्म निगरानीमा राख्नुपर्ने व्यवस्थामा एक बर्ष थप गरि ३ बर्ष पुर्याईने ।
८. मार्जिन प्रकृतिको कर्जा सीमा मूल्यको औसत मूल्य यथावत । ७० प्रतिशतसम्म कर्जा पाईने ।
९. विपन्न वर्गमा जाने कर्जा सीमामा केही प्रकारका कर्जाको कर्जा सीमा बृद्धि । पर्यटनमा रोजगार गुमाएकालाई रु १५ लाखसम्म र स्वरोजगारको लागि सवारी खरिदमा रु २५ लाखसम्म कर्जा प्रदान ।
१०. निषेधाज्ञा अवधिको असारसम्म बुझाउनुपर्ने ईएमआई, ईओआई ( EMI/EQI ) वा अन्य साँवा ब्याज भुक्तानीको अवधि पौष ०७८ सम्म भुक्तानी मिति थप गर्न सकिने प्रावधान ।
११. अति प्रभावित होटल र पर्यटनसँग सम्बन्धित कर्जाहरुको ०७८ असारसम्मको ब्याज छुट्टै लेखाङ्कन गरिने र यसमा हर्जाना अनि पेनाल ब्याज नलाग्ने व्यवस्था।
१२. कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि चालिएका कदमको कारण पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य, सञ्चार, मनोरञ्जन लगायत सबै पेशा, उद्योग र व्यवसायले लिएको ऋणको साँवा र ब्याज बन्दाबन्दीको अवधिमा भुक्तानी गर्न कठिनाई भएको अवस्थालाई दृष्टिगत गरी कर्जा भुक्तानी अवधिको म्याद थप र कर्जाको पुनरसंरचना तथा पुर्नतालिकीकरणको व्यवस्था गर्ने म्याद ०७८ पौषसम्म लम्ब्याउने। बन्दाबन्दीमा थन्किएका यातायातका साधन मर्मतको लागि बैंक तथा वित्तीय संस्थाले प्रति साधन थप रु २ लाख कर्जा दिन सकिने व्यवस्था ।
१३. कर्जा निक्षेप अनुपात ०७९ असारसम्म ९० मा ल्याउनु पर्ने र हालको सीसीडी (CCD) व्यवस्था खारेज हुने । हालको बैकिङ सीडी रेसियो (CD Ratio) ९०.३३ प्रतिशत रहेको देखिन्छ ।
१४. २०७८ असार मसान्तसम्म कायम गर्नुपर्ने तोकिएको क्षेत्रगत कर्जा अनुपातलाई ०७९ असार मसान्तसम्म पुर्योउनु पर्ने ।
१५. वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियालाई केही सहुलियतसहित थप प्रोत्साहित गरिने ।
१६.वित्तीय क्षेत्रसँग सम्बन्धित कानूनहरुलाईआवश्यकता अनुसार समसामयिक बनाउन बैकिङ्ग कसुर ऐन, २०६४ र विनिमय अधिकार पत्र ऐन, २०३४ को संशोधन प्रस्ताव नेपाल सरकार समक्ष पेश गरिने ।
१७. काउण्टर साईक्लिकल बफर (Countercyclical Buffer) को व्यवस्था असार ०७९ सम्म स्थगन गर्ने ।
१८. आधारदर गणनाको विधमान विधिलाई पुनरावलोकन गरिने र रु एक करोडसम्मका उधम व्यवसायका कर्जामा अधिकतम २ प्रतिशत प्रिमियममा कर्जा दिनुपर्ने ।
१९.सीस (sis) कार्यान्वयन सबै बैंक र वित्तीय संस्थाको लागि ।
२०. क्रस होल्डिङस् (Crossholding) भएका लघुवित्तहरु ०७९ असार मसान्तसम्म मर्जर वा एक्वीजीसनमा जानुपर्ने ।
२१. सहवित्तीयकरणमा जानुपर्ने कर्जा सीमा रुएक अरबबाट बृद्धि गरी रु २ अरब पुर्याइयो ।
२२. मार्जीन लेण्डिङ प्रतिग्राहक प्रतिसंस्था रु ४ करोड र कूल प्रतिग्राहक सीमा अधिकतम रु १२ करोड ।
२३. कालोसुची सम्बन्धि व्यवस्था पुनरावलोकन गरिने ।
२४. थोक र खुद्रा कारोबार गर्ने लघुवित्त समेत मर्जर र एक्वीजीसनमा गई खुद्रा कारोबार गर्ने संस्थाको रुपमा काम गर्न सक्ने ।
२५. बिधुतीय भुक्तानी कारोबारलाई प्रबर्द्धन गरिने ।
२६. भुक्तानी सेवा प्रदायक संस्थाहरुले पुर्याउनु पर्ने ग्राहक संख्या ०७९ असारसम्म पुर्याए हुने ।
२७. डिजीटल कर्जा मार्गदर्शन ल्याईने ।
२८. सहुलियतपूर्ण कर्जालाई प्रभावकारी बनाईने ।
२९. रेमिट्यान्सको पैसा बैकिङ प्रणालीमार्फत आएमा १ प्रतिशत थप ब्याजदर प्राप्त हुने व्यवस्था गरिने ।
३०. व्यवसायिक निरन्तरता कर्जा प्रभावकारी बनाईने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार