लुम्बिनी प्रदेशका डीआईजी आचार्यमाथि छानविन शूरु
नेपालबहस संवाददाता
साउन २९, २०७८ शनिबार २:१६:४३
२९ साउन, काठमाडौं । लुम्बिनी प्रदेशका डीआईजी मुकुन्द आचार्य कै कारण पश्चिम नवलपरासीको इलाका प्रहरी कार्यालय बर्दघाटका इन्सपेक्टर कपिल वाग्लेको दुर्घटनामा मृत्यु भएको दावीसहित पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंडेलले संसदमै प्रश्न उठाएपछि गृह मन्त्रालयले छानविन थालेको छ ।
सहसचिव सुनील खनालको नेतृत्वमा मन्त्रालयले छानविन समिति नै गठन गरेको हो । ‘डीआईजी आचार्यमाथि प्रश्न उठेपछि छानविन समिति बनेको हो’, मन्त्रालय स्रोतले भन्यो । स्रोतका अनुसार डीआईजी आचार्यको शंकास्पद गतिविधिमाथि छानविन हुनेछ ।
गत २५ साउनमा कार्यालय अगाडि सडकमा मोटरसाइकलको ठक्करबाट इन्सपेक्टर वाग्लेको मृत्यु भएको थियो । जुन घटना शंकास्पद भएको भन्दै कांग्रेस सांसद कँडेलले संसदमा प्रश्न उठाएपछि आज गृहमन्त्री बालकृष्ण खाँडले भेटेर विस्तृत जानकारी लिएका थिए । साे भेटपछि छानविन समिति बनेको हो ।
समितिमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ तथा नेपाल प्रहरीका एसएसपी सुदीप गिरी सदस्य छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले इन्सपेक्टर वाग्लेलाई निलम्बन गरेको भोलिपल्टै उनको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको थियो ।
मोबाइल तस्करी घटनाको अनुसन्धानमा गृहले उनलाई निलम्बन गरेको थियो । सो मोबाइल तस्करीमा डीआईजी र एसपी मनोज यादवको मिलेमतो रहेको भनेर नेता कँडेलले संसदमै आरोप लगाएका थिए ।
डीआईजी आचार्यकै मिलेमतोमा तस्करीको लाइन खुलाएको र इन्स्पेक्टरलाई कारवाहीको सिफारिस गरेको आरोप लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार