नगरपालिकाले मेलम्ची बाढी प्रभावितलाई रकम दियो
नेपालबहस संवाददाता
साउन २९, २०७८ शनिबार २:४६:२१
२९ साउन, सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले राहत स्वरुप बाढीबाट प्रभावित भएकाको क्षतिको वर्गीकरणअनुसार २५, २०, १५ र १० हजार रकम जम्मा गरिदिएको छ ।
नगरपालिकाले २८६ जना र नेपाल रेडक्रस सोसाइटीले २५ हजारका दरले २५ जनालाई गरी ३११ जनाको खातामा रकम जम्मा गरेको मेलम्ची नगरपालिकाका लेखा अधिकृत मुरारी पुडासैनीले जानकारी दिए ।
मेलम्चीमा रहेका नेपाल बैंक, कुमारी, सिभिल, कृषि विकास, लक्ष्मी, सिन्धु विकास बैंकका साथै अन्य बैंकमा प्रभावितको रकम जम्मा गरिदिएको मेलम्ची नगरपालिकाले जानाएको छ । नगरपालिकाभित्रका प्रभावित वडाबाट प्राप्त विवरणको आधारमा रकम जम्मा गरिएको लेखा अधिकृत पुडासैनीले बताए ।
उनले केही प्रभावितको खातामा रकम जम्मा गर्न अझै बाँकी रहेकाले छिट्टै नगरपालिकालाई उपलब्ध गराएको खातामा रकम जम्मा गरिदिने जानकारी दिए । केही पीडितको गुनासो तथा छुटपुट भएको खण्डमा प्रभावितलाई सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न र गराउन आग्रह गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदुरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प
असोज २, २०८१ बुधबार
लगातारको वर्षापछि महाकाली नदीको जलसतह उच्च
भदौ २८, २०८१ शुक्रबार
बागलुङमा बाढीपहिरोमा अठार जनाको मृत्यु, २२ घाइते
भदौ २७, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार