फुटबल खेलाडी शान्तालाई दुई लाख ५९ हजार सहयोग
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन ३०, २०७८ शनिबार १२:३६:५४
![](https://nepalbahas.prixacdn.net/media/albums/Help-1-scaled-e1628904828275_1ODaeXSta7.jpg)
तोलाकान्त बगाले
३० साउन, वालिङ । आर्थिक अवस्था कमजोर भएकी फुटबल खेलाडी शान्ता नेपालीलाई आर्थिक सहयोग गरिएको छ । नेप्लेज मिडियाको पहलमा स्वदेश तथा विदेशमा रहेका विभिन्न संघ संस्था तथा ब्यक्तिहरुको सहयोगमा संकलित रु. दुई लाख ५९ हजार आज शान्ता नेपालीलाई हस्तान्तरण गरिएको हो ।
वालिङ नगरपालिका वडा नं. ८ मा डेरामा बस्दै आएकी शान्ताको जग्गा जमिन नभएको र परिवारको आर्थिक स्थिति कमजोर भएपछि नेप्लेज मिडियाको पहलमा संकलन गरिएको रकम वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन्।
घरबारबिहीन शान्ताको परिवारलाई वालिङ नगरपालिकाले घर निर्माणका लागि करीब पाँच आना घडेरी खरिद गरिसकेको नगर प्रमुख खाँणले बताए । “खेल क्षेत्रमा गरिएको खर्च खर्च नभई लगानी हो” प्रमुख खाँणले भने, “यसले तत्कालभन्दा पनि केही समयपछि मात्रै उपलब्धी दिने गर्छ ।”
खेलाडी तथा खेलाडीको परिवारका लागि आवश्यक सहयोग गर्न नगरपालिका सदैब तत्पर रहेको बताउदै नगर प्रमुख खाँणले खेलाडीहरुलाई जीवनयापनका लागि रोजगारीको अवसर र एकलाख सम्मको निशुल्क स्वास्थ्य बीमाको ब्यवस्थापन गरिदिने उल्लेख गरे ।
“नगरपालिकाबाट खेल क्षेत्र तथा खेलाडीहरुको क्षमता विकास तथा आवश्यक सहयोगका लागि पटक पटक रकम विनियोजन ग¥यौं” नगर प्रमुख खाँणले भने, “तर नगरले विनियोजन गरेको रकम खर्च हुन नसक्नु दुःखद हो ।” कार्यक्रममा नेप्लेजका मुक्तिबाबु रेग्मीले विभिन्न संस्था तथा ब्यक्तिहरुबाट सहयोग प्राप्त भएको बताउँदै सहयोग गर्ने दाताहरुप्रति आभार ब्यक्त गरे ।
सोही अवसरमा स्कूल अफ डेमोक्रेसी स्याङ्जाका अध्यक्ष अनुप श्रेष्ठ, ट्रिनिटी क्लबका अध्यक्ष राजु गुरुङ, खेलाडीहरु अभिषेक बस्याल र दिपसन परियार लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
आर्थिक अभावका कारण ज्याला मजदूरी गर्नुपर्ने बाध्यताका कारण दैनिक फुटबल प्रशिक्षणमा सहभागी हुन समस्या भईरहेको प्रशिक्षक दिलीप थापाले बताए । शान्ता फुटबल खेलप्रति अत्यन्तै रुचि राख्ने खेलाडी र राम्रो खेल खेल्दै आईरहेको तर घरायसी समस्याले खेल क्षेत्रबाट उदाउँदो खेलाड गुमाउन नपरोस् भन्ने उद्देश्यले नगर प्रमुखसमक्ष गरेको अनुरोधको सुनुवाई भएको प्रशिक्षक थापाले बताए ।
“मलाई खेल खेल्न र अझै प्रशिक्षण लिएर राष्ट्रिय टिमबाट खेल प्रदर्शन गर्न ईच्छा छ” खेलाडी शान्ताले भने, “आगामी दिनमा अझै जिम्मेवारी थपिएर गएको छ र मेरो सपनालाई एकदिन पक्कै पनि साकार पारेर छोड्ने छु ।”
नगरपालिकाले घर निर्माणका लागि जग्गा उपलब्ध गराईदिएको खबरले निक्कै खुशी लागेको छ अब खेलमा अझै समय दिन सक्ने छु र वालिङसँगै नेपालकै गरिमालाई उचाईमा पु¥याउने गरी लाग्नेमा शान्ता विश्वस्त छिन ।
घरबारबिहीन भएकी शान्ता महिला राष्ट्रिय लिगमा वालिङ नगरपालिकाको टिमबाट प्रतियोगितामा सहभागी अग्रपंक्तिकी खेलाडी हुन् । विभिन्न राष्ट्रिय लिगमा उत्कृष्ट खेल प्रस्तुत गर्दै आएकी शान्ता अग्रपंक्तिकी रोजाईकी खेलाडी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगोको ज्वालाले बेलुन फुट्दा अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते
फागुन ३, २०८१ शनिबार
तनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार