दुर्घटना र अपराधिक क्रियाकलाप हुने गण्डकीकै पहिलो जिल्ला नवलपुर
मीना कंडेल
साउन ३०, २०७८ शनिबार १५:०:२६
मिना कंडेल
३० साउन, नवलपुर । पुर्बी नवलपरासी दुर्घटना र अपराधिक क्रियाकलाप हुने गण्डकी प्रदेशकै पहिलो जिल्ला बनेको छ । पुर्बी नवलपरासीमा रहेका चार नगरपालिका र चार गाउँपालिकामा बिगतको बर्षको तुलनामा अपराधिक घटनामा बृद्धि भएको जिल्ला प्रहरी कार्यालय पुर्बी नवलपरासीले जनाएको छ ।
पुर्बी नवलपरासीमा बिगतको बर्षको तुलनामा २५ प्रतिशतले आपराधिक घटना बढेको प्रहरीको तथ्याकंले देखाएको छ भने यो अझ बढेर जाने अबस्था आएपछि प्रहरीले नयाँ ढंगले काम अगाडि बढाएको जनाएको छ । प्रहरीले अपराधिक घटना हुने ठाउँहरुमा समेत बढि ध्यान केन्द्रीत गरेको प्रहरी प्रमुख प्रकाश मल्लले बताए ।
यस्तै पूर्वी नवलपरासीमा एक वर्षको अवधीमा सवारी दुर्घटनामा परि ४६ जनाले ज्यान गुमाएका छन् । जिल्लामा आर्थिक वर्ष २०७७/०७८ मा भएको एक सय ३२ सवारी दुर्घटनामा परेर ४६ जनाले ज्यान गुमाएका छन् भने ती मध्य चार जना महिला र दुइ जना बालक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीको तथ्याङ्कमा उल्लेख छ ।
गत वर्ष ८६ वटा मोटरसाईकल दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सुचना अधिकारी पदम बडुले जानकारी दिनुभयो । त्यसपछि जिपकार २६ , ट्रक टेङ्कर २३ , ट्याक्टर १५ , बस १३ , टेम्पो १० , साना सवारी ८ , टिपर ५ , माईक्रो ३ र अन्य एउटा गरेर गत वर्ष जिल्लामा एक सय ९० वटा सवारी दुर्घटनामा परेको बडुले बताए ।
सबैभन्दा बढि दुर्घटनामा पर्ने मोटरसाईकल रहेको छ । दुर्घटनाको मुख्य कारणमध्ये एक चालकको लापरवाही रहेको र युवा पुस्ताहरुले बढि स्पीडमा हाक्ने, मोवाईल फोनको प्रयोग गर्ने, जस्तो ठाउँमा पनि ओभरटेक गर्ने गर्दा मोटरसाईकल बढि दुर्घटनामा पर्ने गरेको प्रहरी प्रमुख मल्लले बताए ।
यसैबीच गत वर्ष जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीले एक करोड ११ लाख ५४ हजार ५ सय रुपिँया राजश्व संकलन गरेको छ । विभिन्न सवारी साधन गरि १८ हजार १ सय ४५ वटा सवारी कारवाहीबाट उक्त रकम राजश्व संकलन भएको हो ।
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
संघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
वडाध्यक्षको तरकारीखेती मोह
पुष २६, २०८१ शुक्रबार