कांग्रेसको १४ औं महाधिवेशन मंसिर ९ देखि १३ गते हुने, वडा अधिवेशन भने भदौ १८ बाटै शुरु
नेपालबहस संवाददाता
साउन ३०, २०७८ आइतबार १:३०:५
३० साउन, काठमाडौं । लामो रस्साकस्सी र, विवाद र छलफलपछि नेपाली कांग्रेसको १४ औं महाधिवेशन आउँदो मंसिरमा गरिने भएको छ । तर विवादको जड मानिएको वडा अधिवेशन भने यही भदौ १८ गतेबाट प्रारम्भ हुनेछ ।
गत विहीबारदेखि बुढानीलकण्ठमा जारी केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो ।
क्रियाशील सदस्यता विवादले यही भदौ १६ देखि १९ गतेसम्म हुने भनि तोकिएको चौधौं महाधिवेशनका बारेमा विवाद बढ्दै गएपछि आज शनिबारको कांग्रेस वैठकले भदौमै वडा अधिवेशन प्रारम्भ गरी मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो ।
आज बसेको बैठकको निर्णय अनुसार अब भदौ २ गतेसम्म क्रियाशील सदस्यताको अन्तिम नामावली टुंगो लगाउने समय तोकिएको छ । त्यस्तै भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसको कार्यतालिका छ ।
वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार