राजेशको स्वरमा बग्यो त्रिशुली बोलको रोमान्टिक गीत
नेपालबहस संवाददाता
साउन ३०, २०७८ आइतबार ४:१९:२३
३० साउन, काठमाडौं । कोरोना महामारीका कारण झन्डै डेढ बर्ष देखि नेपाली चलचित्र क्षेत्र ठप्प बनेको छ। महिनामा ८ देखि १० वटा चलचित्रहरु प्रदर्शनमा आउने नेपाली चलचित्र बजार ठप्प हुँदा करोडौंको नोक्सान हुनुका साथै थुप्रै चलचित्रकर्मी बेरोजगार बन्न पुगेका छन्।
अब बिस्तारै चलचित्र क्षेत्रलाई चलायमान बनाउनु पर्छ भन्दै केहि निर्माता तथा निर्देशक चलचित्र निर्माणको तयारीमा लागेका छन्। निर्माता तथा निर्देशक दिनेश पाख्रिनको २०६३ सालमा प्रदर्शनमा आएको चलचित्र ‘मिस्टर डन’ को सिक्वेल ‘डन २’निर्माण हुने भएको छ।
दिनेश पाख्रिनको निर्देशनमा बन्न लागेको चलचित्रमा समावेश हुने गीतमा गायक राजेश पायल राईले आवाज दिएका छन्। विकास चौधरीको संगीतमा बनेको गीत पुतलीसडक अवस्थित मिरा साउण्ड रेकर्डिङ्ग स्टुडियोमा राईले स्वर भरेका हुन्।
‘बग्यो त्रिशुली’ बोलको रोमान्टिक गीतमा शब्द हरी उप्रेतीको रहेको छ। दिनेश थापा प्रस्तुतकर्ता रहेको चलचित्रको निर्माता निर्मल लामा,बिक्रम तामाङ र हेलेन पाख्रिन रहेका छन्।
दिनेश पाख्रिनकै कथा रहने चलचित्रको कलाकार फाईनल भई सकेको तर सम्झौता हुन बाँकी रहेकोले अहिले सार्वजनिक गर्न नमिल्ने पाख्रिनले बताए । गोपालकाजी कायस्स्थले वितरणको जिम्मा लिएको चलचित्र दशैं पछि फ्लोरमा जाने छ। एक्सन जनरामा निर्माण हुने चलचित्रको सम्पूर्ण टिम र कलाकारको बारेमा छिट्टै जानकारी गराउने निर्माता निर्मलले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कस्तो छ आजको तरकारी भाउ ?
मंसिर ९, २०८१ आइतबार
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
मंसिर ९, २०८१ आइतबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार