ग्लोबल एनआरएन सिंगिङ आइडलमा छानिए २० उत्कृष्ट प्रतिस्पर्धी
नेपालबहस संवाददाता
साउन ३०, २०७८ आइतबार ५:९:४५
३० साउन, काठमाडौं । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएका प्रतिभामध्ये उत्कृष्ट २० जना छानिएका छन् ।
‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेन्ड जेनेरेसन सिजन–१ को गाला राउन्डको दोस्रो चरणबाट उत्कृष्ट २० जना छनौट भएका हुन् ।
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय यूवा समितिले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलमा डिजिटल अडिसन ओपनिङ राउन्डको अन्तरा, सारेगम र पियानो राउन्ड पार गर्दै छनोट भएका २५ जनामध्येबाट ‘गाला राउन्ड’को दोस्रो चरणमा २० जना छानिएका हुन् ।
ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायकहरू गायक उदय सोताङ, विजय लामा, गायिका प्रश्ना शाक्य र सुनिता दुलाल रहेका छन् । २० जना उत्कृष्ट प्रतिस्पर्धाहरूमा युवराज गुरुङ ‘क्यानडा’, बीबी मल्ल ठकुरी ‘कुवेत’, नरेन्द्र मल्ल ‘कतार’, सन्देश गुरुङ ‘अमेरिका’, गोविन्द गुरुङ ‘कतार’, आकाश न्यौपाने ‘जापान’, कविता आरबिएम ‘युएई’, वामदेव भाट ‘बहराइन’, सुरेन घताङ ‘शिव’ ‘कोरिया’, किशोर लम्साल ‘कतार’ रहेका छन् ।
त्यसैगरी, कपिल पाइजा पुन मगर ‘आयरल्याण्ड’, सागर विश्व सेञ्चुरी ‘कुवेत’, दीपेश सिग्देल ‘नर्वे’, राधिका कुमारी गोले ‘कोरिया’, रामचन्द्र राई ‘कतार’, अमित बिष्ट ‘युएई’, कृष्ण खबास ‘युएई’, प्रतिक सिडब्ल्यूए परियार ‘बहराइन’, सतिश थापा ‘कतार’ र रेशु स्याङतान ‘बहराइन’ उत्कृष्ट २० मा परेका छन् ।
एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीले निर्णायकको मत र भोटिङमार्फत प्रतिस्पर्धाहरूलाई अघिल्लो चरणका लागि अघि बढाइएको बताए । एनआरएनए मध्यपूर्व युवा संयोजक राज रेग्मीको अध्यक्षतामा शुक्रबार सम्पन्न गाला राउन्डको दोस्रो चरणमा २५ जना प्रतिस्पर्धीहरुले प्रस्तुति दिएका थिए ।
गैरआवासीय नेपाली संघको काठमाडौंस्थित मुख्यालयमा औपचारिक कार्यक्रम गरेरै डिजिटल अडिसनका लागि छानिएका प्रतिस्पर्धीको घोषणा गर्ने तय भए पनि कोरोना प्रकोपलाई दृष्टिगत गरी भर्चुअलमार्फत गरिएको रेग्मीले बताए । रेग्मीका अनुसार ग्लोबल एनआरएन सिंगिङ आइडलमा निर्णायकको मत ६० प्रतिशत र भोटिङमार्फत ४० प्रतिशत अंक प्राप्त गर्नेछन् । सोही आधारमा प्रतिस्पर्धी अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।
‘नेपाली कला र संस्कृतिलाई विश्वमा चिनाउनुपर्छ र गैरआवासीय नेपालीहरूलाई नेपालसँग जोड्नुपर्छ भन्ने अभिप्रायले नै हामीले ग्लोबल एनआरए सिंगिङ आइडलको आयोजना गरेका हौं,’ रेग्मीले भने । ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले ७ लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने छ ।
‘गैरआवासीय नेपालीहरू कला र संगीतप्रति प्रतिबद्ध’
गैरआवासीय नेपाली संघ एनआरएनए आइसिसीका अध्यक्ष कुमार पन्तले नेपाली भाषा, कला र संस्कृति असाध्यै धनी रहेको बताउँदै यसलाई विश्वभरि फैलाउनका लागि दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूको भूमिका महत्त्वपूर्ण रहने बताए ।
ग्लोबल एनआरएन सिंगिङको विजेता जो भए पनि कार्यक्रम सफल हुँदा सबै गैरआवासीय नेपालीहरूले जित्ने धारणा राख्दै अध्यक्ष पन्तले नेपाली संगीतको विश्वव्यापीकरणका लागि दोस्रो पुस्ताले अझै रचनात्मक कार्यहरू गर्न सक्ने धारणा व्यक्त गरे ।
त्यसैगरी गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले कला र संस्कृति देशको पहिचानसँग जोडिने भएकाले जो–जहाँ पुगे पनि यसको श्रीवृद्धिमा लाग्नु पर्ने सुझाव दिए । उपाध्यक्ष लामाले देशभन्दा बाहिर रहे पनि नेपालीहरू आफ्नो देशको कला र संगीतलाई अघि बढाउन प्रतिबद्ध छन् भन्ने पुष्टि ग्लोबल एनआरएन सिंगिङ आइडलको उपस्थितिले पुष्टि गरेको बताए ।
गैरआवासीय नेपाली संघका मध्यपूर्व संयोजक प्रवीण गुरुङले आफु संगीतकर्मी नभए पनि संगीत क्षेत्रमा लागेका युवाहरूलाई प्रोत्साहन गर्न सधैं लागिरहने उद्घोष गरे । कार्यक्रममा एनआरएनए मध्यपूर्व उपसंयोजक मनोजकुमार श्रेष्ठ, कार्यक्रमका सल्लाहकार मिलन लामा, संहार्कर्मी, कलाकार निर्देशक सुर्य चन्द तथा एनआरएनए अभियन्ताहरू रोशन थापा, राजन त्रिपाठी, रोविन्द प्रसाद श्रेष्ठ, नारायणप्रसाद आचार्य, होमनाथ पाण्डे, मोहम्मद मोक्तादा मुसलमान, राजेश राणा लगायतले शुभकामना व्यक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार