डा.शेखरको बोली कांग्रेसका लागि संजीवनी
यज्ञप्रसाद भट्टराई
भदौ ३, २०७८ शुक्रबार ०:१५:४
“गोरु भन्दा दह्रो हली” भयो भनेमात्र उसले गोरुलाई मेलोमा हिडाउन सक्छ । कसैको प्रलोभन र आर्थिक सहयोगमा आश्रित भएको नेतृत्वले आफ्नो योजना अनुरुप कहिल्यै काम गर्न सक्दैन ।
त्यसैले अबको नेपाली कांग्रेसको नेतृत्व अत्यन्तै ईमानदार र सक्षम हुन जरुरी छ । अब आउने नेपाली कांग्रेसको नयाँ नेतृत्वले पार्टीलाई विधान सम्मत हिडाउन नसक्ने, पार्टीका भातृ संघसंगठनहरुलाई पूर्णता दिएर चलायमान बनाउन नसक्ने, प्रतिपक्षी दलहरुसँग तार्किक बहस गर्न नसक्ने र गोजी गरम गर्दिने राष्ट कै गद्दारलाई पाखा लगाउन नसक्ने नेतृत्वलाई पाखा लाउदै जान सक्नुपर्छ ।
मैले पहिल्यैदेखि उठाउँदै आएको आवाजलाई नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य डा.शेखर कोइरालाले जवर्जस्त रुपमा उठाईरहेकोले म डा. कोइरालाको पक्षमा बोलिरहेको छु । लौन डा. साव ! अब त नेपाली कांग्रेसलाई अरुभन्दा भिन्न पार्टी बनाउनु पर्यो भनेर भनिरहेको छु । पार्टी भित्र मौलाएको गुटको ऐजेरु फाल्नका लागि डा शेखरले अहिले जुन साहस र हिम्मत देखाईरहनु भएको छ, त्यसलाई हामी सबै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले एकपटक साथ दिनुपर्छ है भनेर भनिरहेको छु । हामीलाई कुनै लाभको पद र आम्दानीको बाटो रोज्नु छैन ।
नेपालको पहिलो र एउटा मात्र लोकतान्त्रिक पार्टीभित्र अहिले अलोकतान्त्रिक गतिविधिहरुले स्थान पाउन थाल्यो भनेर स्वयं केन्द्रीय नेताहरु नै भन्न थालिसकेका छन् । पार्टीलाई जीवन्त राख्न आफ्नै पार्टीको महाधिवेशन गराउन पनि कार्यकर्ताहरुको तहबाट दवाव सिर्जना गर्नुपर्ने अवस्था आईसकेको छ ।
बिगतदेखिनै समयमा पार्टीको महाधिवेशन नगरे ठूलो संकट उत्पन्न हुन्छ भनेर सधैं पार्टी नेतृत्वलाई सजग र दवाव दिईरहनु भएका एक्लो भिष्मपितामह डा. शेखर कोइरालाका हर एक कुराहरु अहिले आएर सही रुपमा पुष्टि हुँदै गैरहेका छन् । अहिले हरेक नेपाली कांग्रेसका नेता होस् या कार्यकर्ता डा. शेखरले के बोल्छन् ? भनेर पर्खिन थालेका छन् । डा. शेखरको बोली मात्रै पनि अहिले नेपाली कांग्रेसका लागि संजीवनी बनेर आईरहेको छ । त्यही भएर त देशैभरी अहिले भावी सभापतिको रुपमा डा. शेखरको पक्षमा सिंगो पार्टी एकताबद्ध भएर आईरहेको छ ।
पार्टीलाई सही बाटोमा हिडाउन सक्ने, एकताबद्ध सवल कांग्रेस बनाउन सक्ने, पार्टीसँग आवद्ध भातृ संघसंगठनलाई पुर्णता दिदै त्यसलाई चलायमान बनाउन सक्ने, लोकतन्त्रका पक्षमा, जनताका जनजीविकाका सवालमा तत्काल निर्णय लिने र त्यसलाई तुरुन्तै कार्यान्वयन गराउन सक्ने नेतृत्व नै आजको तमाम कांग्रेस नेता, कार्यकर्ता र शुभचिन्तकहरुको माग रहेको छ ।
बिग्रिएर खिया लागेका र काम नलाग्ने अवस्थामा पुगेका पार्टपुर्जा फेर्न चाहान्छौ । अलोकतान्त्रिक आचरण र विधान विपरितका गतिविधि सञ्चालन गरेर आफ्नो पदीय आयु बढाउन चाहने नेताको घर घेर्न चाहान्छौ । सरकारमा रहँदा जनताका पक्षमा अहोरात्र खटेर काम गर्ने र प्रतिपक्षमा रहँदा सशक्त आवाज बुलन्द गर्नसक्ने पार्टीको कार्यकर्ता बन्न चाहान्छौ ।
यसलाई पुरा गराउनका लागि वर्तमान कांग्रेस नेतृत्व पुर्णरुपमा असफल भैसकेको छ । आफु सभापति र प्रधानमन्त्री बन्दैमा लोकतन्त्र सफल भयो भन्ने गलत सोचले गर्दा अहिले देश अस्तब्यस्त बनेको छ । कांग्रेस पनि कम्युनिस्टहरू कै पुच्छर जस्तो बनेको छ । वरिपरि रहेका मसाज सेन्टरलाई हटाउन नसक्ने हो भने अहिलेको उपहारमा प्राप्त सरकार पनि कम्युनिस्टहरुको भद्रगोले सरकार भन्दा फरक हुने छैन ।
यति लामो समय बितिसक्दा पनि देउवा नेतृत्वको सरकारले पुर्णता पाउन सकेको छैन । पार्टी भित्र अराजकता बढ्यो, मनपरितन्त्र चल्यो, पार्टीको काममा अहोरात्र खटने कार्यकर्ताहरुलाई बाईपास गरेर आफ्नो निहित स्वार्थपुर्तिका लागि नितान्त आफ्नै गोजीका मान्छेहरुलाई क्रियाशील सदस्यता वितरण गर्दा अहिले सानेपामा निष्ठावान कार्यकर्ताले धर्ना दिनु परिरहेको छ ।
वर्तमान पार्टी सभापति देउवाबाट अब कांग्रेसको अस्तित्व जोगिदैन, पार्टी अवशानको बाटोमा पुगिसक्यो भनेर निरन्तर दवाव दिनु परिरहेको छ । यस्तो अवस्थामा नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीको केन्द्रीय समितिको बैठक पनि पार्टीको केन्द्रीय कार्यालयमा बस्न नसकेर कुनै अमुक नेताको बार्दलीको सहारा लिनु परिरहेको छ । यो कुनै पनि लोकतान्त्रिक चरित्र र प्रजातान्त्रिक अभ्यास हुँदै होईन ।
हामी नेपाली कांग्रेस एकताबद्ध भएको हेर्न चाहान्छौ । बिग्रिएर खिया लागेका र काम नलाग्ने अवस्थामा पुगेका पार्टपुर्जा फेर्न चाहान्छौ । अलोकतान्त्रिक आचरण र विधान विपरितका गतिविधि सञ्चालन गरेर आफ्नो पदीय आयु बढाउन चाहने नेताको घर घेर्न चाहान्छौ । सरकारमा रहँदा जनताका पक्षमा अहोरात्र खटेर काम गर्ने र प्रतिपक्षमा रहँदा सशक्त आवाज बुलन्द गर्नसक्ने पार्टीको कार्यकर्ता बन्न चाहान्छौ । यथार्थतामा हामी युवाहरुको बाहुल्यता रहेको सशक्त नेपाली कांग्रेस हेर्न चाहान्छौ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपगठबन्धन दलका नेताहरुले त्रासद राजनीतिको खेती गर्न खोजेका हुन् ?
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
मकवानपुरको ठिंगनमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु
जेठ ५, २०८१ शनिबार
वैदेशिक रोजगारीमा भएको ठगीलाई सरकारले हेर्नुपर्छः देउवा
जेठ ५, २०८१ शनिबार
समिति गठन गर्ने कुरामा प्रधानमन्त्रीको दोहोरो चरित्र
जेठ ५, २०८१ शनिबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लियाे शपथग्रहण
जेठ ५, २०८१ शनिबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार