विपरित धारका दुई नेताहरुबीच आकस्मिक छलफल
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
साउन ३१, २०७८ सोमबार १:०:५१
![](https://nepalbahas.prixacdn.net/media/albums/Bhim-Rawal-Ishowar-pokharel2021-08-15-05-03-03_vjCE11ttCM.jpeg)
३१ साउन, काठमाडौं । नेकपा एमालेको आन्तरिक विद्रोह रोक्न नेताहरु सक्रिय रहेका बेला माधवकुमार नेपालले धेरै समय नकुर्ने बताएपछि पार्टी उपाध्यक्ष डा. भीमबहादुर रावल र महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ । एकता कायम राख्नु पर्छ भन्ने रावल र पार्टी एकतालाई खास महत्व नदिएका पोखरेलबीच छलफल भएको हो ।
आइतबार पोखरेलको निवास धापासीमा भएको छलफलमा दुवै नेताले अन्य नेतासँग पनि निरन्तर संवाद गरी गत असार २७ गते भएको १० बुँदे सहमतिको जगमा एकताबद्ध पार्टी निर्माणका लागि पहल गर्ने समान धारणा व्यक्त गरेका थिए । शनिवार मात्रै नेता नेपालले धेरै समय नकुर्ने बताएपछि उनीहरुबीच कुराकानी भएको हो । महासचिव पोखरेलले पार्टीमा असन्तुष्ट नेताहरुसँग पनि संवाद गर्दै आएका छन् ।
प्रतिनिधिसभाको विघटन, सर्वोच्च अदालतको पुनःस्थापनाको फैसला र नयाँ सरकारलाई समर्थन जस्ता विषयमा एमालेमा मतभेद उत्पन्न हुँदै आएको छ । अध्यक्ष केपी शर्मा ओली लचिलो नभएमा वरिष्ठ नेता माधव नेपाल पक्षले नयाँ पार्टी खोल्ने बताएपनि कतिपय नेताहरु विभाजनको विपक्षमा उभिएका छन् ।
पार्टीबाट विद्रोहको अन्तिम तयारी गरिरहेका नेकपा एमालेका वरिष्ठ नेता नेपालले पार्टी एकताका लागि आफूहरु अझै पर्खिरहेको बताएका थिए । नेता कार्यकर्ताहरुलाई सम्बोधन गर्दै पार्टी एकताका सबै ढोकाहरु बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न नसकिने तर आफूहरु अझैपनि अन्तिम पर्खाईमा रहेको बताएका थिए । उनले पार्टी एकताका लागि अझै पनि कोशिश गर्ने स्पष्ट पारे ।
निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधारमा चल्ने स्थिति हुन्छ भने पार्टी एकताका लागि आफूहरु तयार रहेको वरिष्ठ नेता नेपालको भनाई थियो । पार्टीभित्र रावल पार्टी विवाद मिलाउने पक्षमा छन भने पोखरेलले पार्टी विवादमा नेपाललाई पार्टी बाहिर राख्न चाहिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार