तस्करीमा प्रहरीकै सहयोग, भन्सार राजश्व प्रभावित [ भिडियोसहित ]
नेपालबहस संवाददाता
साउन ३२, २०७८ सोमबार १८:२६:१९
३२ साउन, बीरगञ्ज । पर्साको बीरगञ्ज उपमहानगरपालिका १६ इनर्वा हुँदै भन्सार छलेर सामान ओसारपसार गर्न प्रहरीले नै तस्करी गर्न सघाएको भिडियो आइतबार बिहानैदेखि सामाजिक सञ्जालभरी फैलियो ।
तस्करी नियन्त्रणमा खटिएको प्रहरी नै भन्सार छलिका सामान ओसारपसार गर्नेलाई स्कर्टिङ गर्ने भन्दै सामाजिक सञ्जालमा प्रहरीको चर्को आलोचना भइरहेको छ ।
कोभिडका कारण अहिलेसम्म सीमा नाकाहरु सहज रुपमा खुलेका छैनन् । सरकारी निर्णय अनुसार नै मान्ने हो भने अझैसम्म नाका सील नै गरिएको छ । गएको बैशाख १६ गतेदेखि जिल्ला प्रशासन कार्यालय पर्साले लगाएको निषेधाज्ञा अहिले पनि अनिश्चित समयका लागि जारी नै छ ।
नेपालतर्फको बजार बीरगञ्जमा चहलपहल भीडभाड नै बढेको भएपनि नाका खुलाउने विषयमा अहिलेसम्म कुनै निर्णय भएको छैन । सीमा नाकाहरु सील नै हुँदा पनि भन्सार छलिका सामानहरु भने बीरगञ्ज भित्रिन कुनै रोकटोक छैन । कारण प्रहरी नै यस्ता सामान ल्याउनेलाई स्कटिङ दिन्छ ।
मुख्य प्रवेशद्वारबाट सार्वजनिक सवारी साधन अहिले पनि आउजाउ गर्न कडाइ छ । तर सहायक नाकाहरु भने प्रहरीको सेटिङमा तस्करहरुले भन्सार छलिका सामान भित्र्याउन भरपुर उपयोग गरिरहेका छन् । यहाँका ठूला व्यापारी र ट्रान्सपोर्ट सञ्चालकहरुले इनर्वा लगायतका सहायक नाकाबाट सर्टिङसुटिङका कपडा, हार्डवेयरका सामान तथा दैनिक उपभोग्य वस्तुहरु ठूलो मात्रामा भित्र्याइरहेका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीकै संरक्षणमा भन्सार छलेर तस्करहरुले करोडौँ मूल्यका सामान भित्र्याइरहेको सामाजिक सञ्जालमा छाएको भिडियोबाट पनि प्रष्ट हुन्छ । बीरगञ्ज भन्सारको सुरक्षार्थ भनेर सशस्त्र प्रहरीको एउटा युनिट नै भन्सारमा छ ।
यही युनिटका सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बमको नेतृत्वमा शनिबार राती इनर्वामा सशस्त्र प्रहरीको टोली खटेको थियो । यस्तै जिल्ला प्रहरी कार्यालय पर्साको क्राइमब्रान्चका इन्चार्ज शोभन विक्रम राणाको निर्देशनमा टाइगर टोली पनि त्यही स्थानमा खटिएको थियो । तर यो दुबै टोलीले भारत हुँदै ल्याइएका तस्करीका सामान नियन्त्रण गर्नुको सट्टा उल्टै उनीहरुलाई सहयोग गरिरहेका थिए ।
भन्सार छलि गरेर ल्याइएका सामानसहितका मान्छेलाई पक्राउ गर्नुको सट्टा स्कर्टिङ गरेर सुरक्षित भित्र्याउन दुबै टोली खट्नुले सुरक्षा संयन्त्र तस्करको हातमा पुगेको देखिन्छ । इनर्वामा शनिबार भएको घटनाको विषयमा सशस्त्र प्रहरी बल १३ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले तस्करीमा संलग्नलाई सहयोग गर्न नभई नियन्त्रणमा लिन आफ्ना प्रहरीहरु खटेको भन्दै घटनाको ढाकछोप गर्ने ढुलमुले जवाफ दिए ।
प्रहरीकै संलग्नतामा भन्सार छलिका सामान सहजै भित्रिन लागेपछि अहिले बीरगञ्ज भन्सार कार्यालयको राजश्व असुली पनि प्रभावित बन्न पुगेको छ । भन्सारले राजश्व असुलीको लक्ष्य पुरा गर्न सकिरहेको छैन ।
बीरगन्जमा यसरी हुँदैछ तस्करी :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
नेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार
प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
मंसिर ३०, २०८१ आइतबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार