बाइक कुदाउने विरूद्ध प्रहरीको विशेष निगरानी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन ३२, २०७८ सोमबार १९:३९:४६
![](https://nepalbahas.prixacdn.net/media/albums/bike_RXWqq6RAZf.jpg)
३२ साउन, गण्डकी । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कास्कीले दुर्घटना न्यूनीकरण अभियानलाई तीव्रता दिएका छन् । संयुक्त प्रयासमा सवारी साधनको स्वरुप परिवर्तन गर्ने, लेन अनुशासन पालना नगर्ने, ‘जिकज्याक’ बाइक कुदाउनेका विरूद्ध प्रहरीले विशेष निगरानी बढाएको हो ।
त्यस्तै ग्रामीण भेगमा सञ्चालित सवारीसाधनको अवस्थाबारे जानकारी लिने र सवारी साधनलाई राम्रो अवस्थामा राखेर मात्रै यात्रुलाई सेवा दिन अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख अमृतबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार पछिल्लो दुई दिनमा २६ वटा दुई पाङ्ग्रे सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गरिएको छ । मोटरसाइकलकोस्वरूप परिवर्तन गरी चलाउने, गाउँ टोल नै थर्कने गरी आवाज निकाल्ने, जथाभावी र लेन अनुशासन विपरीत सवारीसाधन चलाउने सातवटा बुलेट, ११ वटा क्रसफायर र अन्य आठवटा मोटरसाइकललाई नियन्त्रणमा लिई कारवाही गरिएको उनले जानकारी दिए ।
सवारी नियम उल्लङ्घन गर्ने विरूद्ध अभियानकै रूपमा कारवाही गरिएको बताउँदै उनले पछिल्ला दुई महिनायता यस्तो कार्य अन्तर्गत करिब दुई सयको हाराहारीमा मोटरसाइकल कारवाहीमा परिसकेको जानकारी दिए । बन्दाबन्दी खुकुलो भएसँगै पोखरामा बढ्दो चाप र घुमफिरमा वृद्धि भएको छ । सवारीसाधनकोस्वरुप परिवर्तन ‘मोडिफाई’ पश्चात् दुर्घटनाको दरमा वृद्धि हुने र ठूला मोटरसाइकलको चर्को आवाजले समुदायमा नकारात्मक असर पर्ने गरेको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले दैनिक अन्य सवारी नियम उल्लङ्घन गर्ने करिब १२० सवारी साधनलाई कारवाही गर्दै आइरहेको छ । जसमध्ये मापसे गरी सवारीसाधन चलाउने, जथाभावी सवारीसाधन पार्किङ गर्ने, सार्वजनिक सवारीसाधनले जथाभावी यात्रु चढाउने र उकाल्ने जस्ता सवारी साधनलाई कारवाही गरिएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा बन्दाबन्दी पश्चात् सम्पूर्ण सवारीसाधन सञ्चालनमा आएसँगै कोभिड– १९को जोखिमबाट बच्न एक हप्ते स्वास्थ्य सचेतना अभियान साउन १७ गते देखि २३ गतेसम्म सञ्चालन गरेको थियो ।
उक्त अवधिमा १० हजार भन्दा बढी यात्रु चालक र सहचालकलाई सचेत गराइएको थियो भने नौ हजार भन्दा बढी सचेतनामूलक पर्चा वितरण गरिएको थियो । उक्त अभियानमा महानगरको मुख्य सडक, चोकका साथै ग्रामीण भेगमा समेत सचेतना अभियान सञ्चालन गरी मास्कसमेत वितरण गरिएको थियो ।
त्यस्तै ध्वनि प्रदूषणले नकारात्मक असर पर्ने र स्वास्थमासमेत असर पर्ने भन्दै ‘नो हर्न पोखरा’ अभियान नै सञ्चालनमा ल्याइएको छ । अभियान अन्तर्गत पहिलो चरणमा ट्राफिक प्रहरीले स्टिकर टाँस्ने र सम्झाउने गर्नेछ । पोखरा महानगरपालिकाले ध्वनि प्रदूषणलाई मध्यनजर राखि २०७४ सालबाटै पोखरा महानगरलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको थियो ।
हर्न निषेधित क्षेत्र भए पनि सवारी चालकले जथाभावी हर्न बजाएको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जथाभावी हर्न बजाउने कार्यलाई रोक लगाउन सुरू गरेको हो ।
अनावश्यक रुपमा सवारी साधनले पोखरामा हर्न बजाएको फेला परेमा ट्राफिकको नियम अनुसार पाँच सयदेखि १५ सयसम्म जरिवाना गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख बस्नेतले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा
माघ २२, २०८१ मंगलबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा पूर्ण इजलासमा पेश हुने
फागुन १, २०८१ बिहिबार
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
फागुन १, २०८१ बिहिबार
संघीय निजामति विधेयकः श्रेणीगत प्रणाली हटाएर कर्मचारीलाई तहगत संरचनामा राख्ने सहमति
फागुन १, २०८१ बिहिबार
गाजा युद्धविराम सङ्कट समाधानमा प्रगति : प्यालेस्टिनी वार्ता स्रोत
फागुन १, २०८१ बिहिबार
शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा
फागुन १, २०८१ बिहिबार
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश
फागुन १, २०८१ बिहिबार
ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा पूर्ण इजलासमा पेश हुने
फागुन १, २०८१ बिहिबार
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
फागुन १, २०८१ बिहिबार
संघीय निजामति विधेयकः श्रेणीगत प्रणाली हटाएर कर्मचारीलाई तहगत संरचनामा राख्ने सहमति
फागुन १, २०८१ बिहिबार
गाजा युद्धविराम सङ्कट समाधानमा प्रगति : प्यालेस्टिनी वार्ता स्रोत
फागुन १, २०८१ बिहिबार
शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा
फागुन १, २०८१ बिहिबार
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश
फागुन १, २०८१ बिहिबार
ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा पूर्ण इजलासमा पेश हुने
फागुन १, २०८१ बिहिबार
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
फागुन १, २०८१ बिहिबार
संघीय निजामति विधेयकः श्रेणीगत प्रणाली हटाएर कर्मचारीलाई तहगत संरचनामा राख्ने सहमति
फागुन १, २०८१ बिहिबार
गाजा युद्धविराम सङ्कट समाधानमा प्रगति : प्यालेस्टिनी वार्ता स्रोत
फागुन १, २०८१ बिहिबार