म्याग्दीको पानी उड्ने झरना आकर्षणको केन्द्र बन्दै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
साउन ३२, २०७८ सोमबार १९:५६:१३
![](https://nepalbahas.prixacdn.net/media/albums/harana_1LVkp3bnPL.jpg)
◊धु्रवसागर शर्मा
३२ साउन, गलेश्वर । पुछारमा कलकल बगेको म्याग्दी नदी । नदीको नटमा लमतन्नै परेको खेतको फाँट । परम्परागत र आधुनिक शैलीका घरले चिटिक्क सिँगारिएको बगरफाँट गाउँ । गाउँको सिरानमा घना जङ्गल । जङ्गलको माथिपट्टि विशाल भिर । त्यही भिरको मुख्य पहाड काटिएर अङ्ग्रेजी अक्षर भी आकारमा माथिदेखि तल फैलँदै अर्धसोली आकारमा झरेको पानी उड्ने उडाइनो झरना हिजोआज धेरैको आकर्षणको केन्द्र बन्दै गइरहेको छ ।
म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा पर्ने यो झरना अवलोकनका लागि यहाँ आन्तरिक पर्यटकको आवागमन बढ्दै जान थालेपछि झरनाको चर्चा पनि व्यापक बन्दै गएको छ ।
म्याग्दीको सदरमुकाम बेनीबजारको म्याग्दी पुल तरेर पश्चिम हाँडेभिर सुर्केमेला बरंजा सडकखण्डतर्फ लाग्दा बगरफाँटमा रमणीय धानका हरिया फाँट कटेपछि उडाइनो झरनामा पुग्न सकिन्छ ।
म्याग्दी खोलाको काखमा सुन्दर शान्त बगरफाँट बस्ती र शिरमा झर्ने विभिन्न झरनाहरु हेर्दै करिब दुई किलोमिटरको यात्रापछि पुगिन्छ कोप्रे र उडाइनो झरनामा । करिब २०० मिटर उचाई रहेको कोप्रे छहरा र २५० मिटर उचाइ रहेको उडाइनो झरना मुख्य सडकको १०० मिटर दक्षिणी भागमा अवस्थित छ ।
यहाँ दैनिक करिब १०० देखि २०० सम्म युवायुवती पुग्ने गर्दछन् । यहाँ दुई वटा झरना रहेका छन् । एउटा कोप्रे र अर्को उडाइनो झरना । यी दुवै भरना युवायुवतीका लागि खुशीका अनमोल खजाना बनेका छन् । कोरोनाको त्रासबाट आजित भएका युवायुवती आए आएर रमाइलो गर्दै दिन बिताउने गरेका बेनी नगरपालिका–३ का वडा सदस्य गेमबहादुर घर्तीमगरले बताए ।
बेनी नगरपालिका– २ बगरफाँटमा पर्ने उडाइनो झरना र बेनी नगरपालिका– ३ भकिम्लीको दूधेखोलामा पर्ने कोप्रो झरना दुवै वडाका आकर्षक झरना हुन् । बेनपा– ३ भकिम्लीको तोराखेतबाट झर्ने उडाइनो झरना र कोप्रे झरना पानीको स्थायी स्रोत नहुँदा हिउँदमा सुक्ने र बर्खामा बग्ने गर्दछन् । पूर्वाधार विकास र प्रचारप्रसार गर्नसके आकर्षक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकसित हुँदै गरेको लभहिल, टोड्के, भकिम्लीको स्वर्गाश्रम जस्तै अर्को पर्यटकीय गन्तव्य बन्नसक्ने स्थानीयको भनाइ छ ।
आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने सम्भावना भएको झरना करिब २५० मिटर अग्लो छ । झरना सदरमुकाम बेनीबजारदेखि करिब ४५ मिनेटको दूरी र बेनी–बगरफाँट–वरंजा सडकअन्तर्गत बगरफाँट गाउँबाट एक हजार मिटर दक्षिणमा पर्दछ ।
बेनपा– ३ भकिम्लीको तोराखेतबाट झर्ने सो झरना पानीको स्थायी स्रोत नहुँदा हिउँदमा भने सुक्छ । पूर्वाधार विकास र प्रचारप्रसार गर्नसके आकर्षक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकसित हुँदै गरेको लभहिल, टोड्के, भकिम्लीको स्वर्गद्वारी आश्रम जस्तै अर्को पर्यटकीय गन्तव्य बन्नसक्ने स्थानीयको भनाइ छ ।
म्याग्दीका बुद्धिजीवी एवं इतिहासका अध्येता चन्द्रप्रकाश बानियाँले म्याग्दी नदीको पानी लिपm्ट गरेर भएपनि झरनालाई निरन्तरता दिनुपर्ने बताउछन् । सो झरनाका कारण सदरमुकाम बेनी र बगरफाँटको मात्रै नभई पुलस्त्य डाँडो, ढोलठाना, मल्लाज, गाजने र टोड्केकोसमेत प्राकृतिक सुन्दरतामा आकर्षण थपिने उनको भनाइ छ ।
रमणीय जङ्गलका बीचमा रहेको झरना वरिपरि जङ्गली जनावर र पुशपक्षीको बासस्थानसमेत छ । प्राकृतिकस्वरुप नबिग्रने गरी सुविधायुक्त पर्यटकीय पूर्वाधार व्यवस्थापनका लागि योजना बनाएर यसको विकासमा लाग्न स्थानीयले नगरपालिकासँग माग गरेका छन् ।
अन्य दिनभन्दा छुट्टिका दिनमा यहाँ घुम्न आउनेको सङ्ख्या बढी हुने गरेको पाइएको छ भने किशोरकिशोरी र युवा समूहले बढी अवलोकन गर्ने गरेका स्थानीयवासीको भनाइ रहेको छ । यी दुई झरना पर्यटकीयस्थल लब्ली हिलपछिको दोस्रो बढी तस्वीर खिचिने स्थान भएको बेनीबाट झरनामा घुम्न आएका छवि आचार्यले बताए ।
पैदल वा सवारी दुवैको प्रयोग गरी पुग्न सकिने यस छहरालाई व्यवस्थित गरी प्रचारप्रसार गर्न सकिएमा म्याग्दीको पर्यटनमा थप इँटा थपिने उनको भनाइ छ । यहाँ पर्यटकीय पूर्वाधाराको विकास गर्ने हो भने भकिम्ली बेलढुङ्गा तथा मङ्गला गाउँपालिकाको झाँक्रीपानीसम्म पुग्ने आन्तरिक पर्यटको सङ्ख्यामा वृद्धि हुने यहाँ पुग्ने युवाले बताएका छन् ।
रमणीय जङ्गलका बीचमा रहेको झरना वरिपरि जङ्गली जनावर र पुशपक्षीको बासस्थानसमेत छ । प्राकृतिकस्वरुप नबिग्रने गरी सुविधायुक्त पर्यटकीय पूर्वाधार व्यवस्थापनका लागि योजना बनाउनुपर्ने स्थानीयको माग रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा
माघ २२, २०८१ मंगलबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश
फागुन १, २०८१ बिहिबार
ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा पूर्ण इजलासमा पेश हुने
फागुन १, २०८१ बिहिबार
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
फागुन १, २०८१ बिहिबार
संघीय निजामति विधेयकः श्रेणीगत प्रणाली हटाएर कर्मचारीलाई तहगत संरचनामा राख्ने सहमति
फागुन १, २०८१ बिहिबार
चौतर्फी दबाबपछि ठमेलमा प्रहरी कुट्ने अखिल नेता कमलराज जोशी पक्राउ
फागुन १, २०८१ बिहिबार
शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा
फागुन १, २०८१ बिहिबार
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश
फागुन १, २०८१ बिहिबार
ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा पूर्ण इजलासमा पेश हुने
फागुन १, २०८१ बिहिबार
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
फागुन १, २०८१ बिहिबार
संघीय निजामति विधेयकः श्रेणीगत प्रणाली हटाएर कर्मचारीलाई तहगत संरचनामा राख्ने सहमति
फागुन १, २०८१ बिहिबार
चौतर्फी दबाबपछि ठमेलमा प्रहरी कुट्ने अखिल नेता कमलराज जोशी पक्राउ
फागुन १, २०८१ बिहिबार
शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा
फागुन १, २०८१ बिहिबार
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश
फागुन १, २०८१ बिहिबार
ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा पूर्ण इजलासमा पेश हुने
फागुन १, २०८१ बिहिबार
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
फागुन १, २०८१ बिहिबार
संघीय निजामति विधेयकः श्रेणीगत प्रणाली हटाएर कर्मचारीलाई तहगत संरचनामा राख्ने सहमति
फागुन १, २०८१ बिहिबार