लिफ्टमार्फत घरमै खानेपानीको धारा आउँदा स्थानीयवासी खुशी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
भदौ १, २०७८ मंगलबार १४:३८:५९
![](https://nepalbahas.prixacdn.net/media/albums/pani-1_MneSpDv0mI.jpg)
१ भदौ, गलकोट । बागलुङ नगरपालिकाको बजार क्षेत्रभित्रै खानेपानीको चरम अभाव खेप्दै आएका उपल्लो पाखाथरका ५० घरमा खानेपानीको सहज सुविधा पुगेको छ । लामो समयदेखि बत्ती मुनीको अँध्यारोजस्तै बनेर खानेपानीको समस्या भोग्दै आएका उपल्लो पाखाथरका स्थानीयवासीले आफैँ जागरुक भएर खानेपानी योजना सम्पन्न गरेका छन् । यसमा बागलुङ नगरपालिकाले पनि सहयोग गरेको थियो ।
योजना नबन्दासम्म स्थानीयवासीले कुवा र मूलको पानीमा निर्भर हुनुपर्ने बाध्यता थियो । तर अब यस्तो बाध्यता लिफ्ट खानेपानी आयोजना सम्पन्न भएसँगै सकिएको स्थानीयवासी उपभोक्ता बताउँछन् । स्थानीय उपभोक्ताले रु १५ लाख सङ्कलन गरी खत्रीबारीमा ७५ हजार लिटरको खानेपानी ट्याङ्की निर्माण गरेका थिए ।
पँधेराघरको पानीलाई १०० मिटरमाथि खत्रीबारीमा लिफ्ट प्रविधिमार्फत लगेर ५० घरमा ‘एक घर, एक धारा’ निर्माण गरेका छन् । योजना सम्पन्न भएपछि सोमबारदेखि घरघरमै खानेपानी पुगेको सामुदायिक खानेपानी तथा उपभोक्ता संस्था उपल्लो पाखाथरका अध्यक्ष कुमारविक्रम क्षेत्रीले जानकारी दिए । क्षेत्रीका अनुसार योजनाको पाइप लाइन विस्तारका लागि भने बागलुङ नगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा रु आठ लाख बजेट विनियोजन गरेको थियो ।
“विसं २०३८ मा जुरेढुङ्गाको मूलको पानी सामुदायिक धारामार्फत खाने गरिन्थ्यो, अहिले त्यहाँबाट सानो पानी आउँछ, खानेपानीको अभाव झेल्दै आएका स्थानीयवासीले उपल्लो पाखाथर टोल विकास संस्थामा आवद्ध भई नयाँ घरले रु ४१ हजार र पुरानो घरले रु २६ हजार सङ्कलन गरी रु १५ लाख जुटाएर लिफ्ट खानेपानी आयोजना सम्पन्न गर्न लागेका थियौँ”, क्षेत्रीले भने, “प्राविधिक सहयोग गर्दै आएको नगरपालिकाले रु आठ लाख बजेट विनियोजन गरेपछि आयोजनाले सार्थकता पायो ।” उपल्लोपाखाथर बागलुङ नगरपालिका–३ र ४ वडामा पर्दछ ।
जिल्ला सदरमुकामवासी भएर पनि पुरानो पानीको मुहान सुक्दै गएपछि कुवाको पानीमा निर्भर बन्नुपर्ने अवस्थाको अन्त्य भएको र घरमै खानेपानीको धारा आउँदा स्थानीयवासीमा खुशी छाएको उपभोक्ता धनबहादुर जिसी बताउछन ।
बस्तीभन्दा मुहान तल भएका कारण १०० मिटरको उचाइमा पम्पमार्फत खानेपानी पु¥याएर घरघरमा वितरण गरिएको बागलुङ नगरपालिकाका इञ्जीनियर गौरव शर्माले जानकारी दिए । “उपभोक्ताकै सक्रियतामा खानेपानी निर्माण भएको हो, नगरपालिकाले प्राविधकि सहयोग गरेको थियो, गत वर्ष नगरपालिकाले खानेपानी आयोजना सार्थकता दिन रु आठ लाख विनियोजन गरेर काम सम्पन्न भएको छ”, इञ्जीनियर शर्माले भने, “मुहानको स्रोत कम हुँदा लिफ्टमार्फत खानेपानी पु¥याइएको हो, अहिले घरमा मिटर जडानसहितको धारो छ ।”
खानेपानी ट्याङ्कीबाट थप २५ घरमा खानेपानी वितरण गर्ने उपभोक्ता समितिको लक्ष्य छ । पन्ध्र लाख सामुदायिक खानेपानी समितिबाट सङ्कलन गरे पनि नगरपालिकाको रु आठ लाखको काम भने उपल्लोपाखाथर लिफ्ट खानेपानी आयोजनामार्फत सम्पन्न गरिएको निर्माण समितिका अध्यक्ष खिमराम ढुङ्गानाले बताए । खानेपानीको अभावमा त्यहाँका स्थानीयवासीले बसाइँसराइ गर्दै आएका थिए भने त्यहाँ जग्गा खरिद भए पनि खानेपानीको अभावमा घर निर्माण कार्य रोकिएका थिए ।
पाँच मुललाई केद्रित गरेर मात्रै खानेपानी आयोजना सम्पन्न भएको छ । पच्चीस एमएमको पाइपमा जुरेढुङ्गाको मुहानबाट सोझै सङ्कलन ट्याङ्कीमा आएको छ भने पधेराघर, रिठाकोटसहितका कुवाको पानीलाई लिफ्टमार्फत् ४० एमएमको पाइपबाट माथि लगिएको हो ।
हिउँदको समयमा चार घण्टा र बर्खाको समय चार घण्टा मात्रै खानेपानी लिफ्ट गरेमा सबैलाई खानेपानी पुग्नेछ । खानेपानी उपभोग गरेवापत विद्युत् महसुल र मर्मतसम्भारका लागि मासिक रु २०० उपभोक्ताले खानेपानी उपभोक्ता समितिलाई तिर्नुपर्ने प्रावधान बनाइएको छ । उपभोक्ताले आवश्यकतानुसार घरमा धारो निर्माण गर्न सक्नेछन् । पचासमध्ये दुईवटा सामुदायिक धारासमेत निर्माण गरिएको छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न
फागुन १, २०८१ बिहिबार
बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो
फागुन १, २०८१ बिहिबार
नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’मा सहमति
माघ ३०, २०८१ बुधबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
फागुन १, २०८१ बिहिबार
संघीय निजामति विधेयकः श्रेणीगत प्रणाली हटाएर कर्मचारीलाई तहगत संरचनामा राख्ने सहमति
फागुन १, २०८१ बिहिबार
गाजा युद्धविराम सङ्कट समाधानमा प्रगति : प्यालेस्टिनी वार्ता स्रोत
फागुन १, २०८१ बिहिबार
ट्रम्प–पुटिनको भेटपछि स्कोल्जद्वारा युक्रेनका लागि ‘निर्देशित शान्ति’ अस्वीकार
फागुन १, २०८१ बिहिबार
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश
फागुन १, २०८१ बिहिबार
ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा पूर्ण इजलासमा पेश हुने
फागुन १, २०८१ बिहिबार
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
फागुन १, २०८१ बिहिबार
संघीय निजामति विधेयकः श्रेणीगत प्रणाली हटाएर कर्मचारीलाई तहगत संरचनामा राख्ने सहमति
फागुन १, २०८१ बिहिबार
गाजा युद्धविराम सङ्कट समाधानमा प्रगति : प्यालेस्टिनी वार्ता स्रोत
फागुन १, २०८१ बिहिबार
ट्रम्प–पुटिनको भेटपछि स्कोल्जद्वारा युक्रेनका लागि ‘निर्देशित शान्ति’ अस्वीकार
फागुन १, २०८१ बिहिबार
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश
फागुन १, २०८१ बिहिबार
ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा पूर्ण इजलासमा पेश हुने
फागुन १, २०८१ बिहिबार
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
फागुन १, २०८१ बिहिबार
संघीय निजामति विधेयकः श्रेणीगत प्रणाली हटाएर कर्मचारीलाई तहगत संरचनामा राख्ने सहमति
फागुन १, २०८१ बिहिबार
गाजा युद्धविराम सङ्कट समाधानमा प्रगति : प्यालेस्टिनी वार्ता स्रोत
फागुन १, २०८१ बिहिबार
ट्रम्प–पुटिनको भेटपछि स्कोल्जद्वारा युक्रेनका लागि ‘निर्देशित शान्ति’ अस्वीकार
फागुन १, २०८१ बिहिबार