अफगानिस्तानबाट काठमाडौं आइपुगेका नेपाली सामाखुसी आइसोलेसनमा !
नेपालबहस संवाददाता
भदौ १, २०७८ मंगलबार १७:४३:५२
१ भदौ, काठमाडौं । जजिरा एयरको विमानमार्फत अफगानिस्तानबाट एकसय २७ जना नेपाली काठमाडौं आइपुगेका छन् । अफगानिस्तानमा रहेका उनीहरू चार्टर्ड विमानमार्फत मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकाे नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लव पौडेलले नेपालबहस डटकमलाई बताए ।
आज बिहान १० बजेर १६ मिनेटमा काठमाडौंमा आइपुगेको विमानमा १२६ जना पुरूष र एकजना महिला रहेका छन्, भने ती मध्ये ९ जना भारतीय नागरिक रहेका छन् ।
अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्याएकोमा १२७ जना नेपाल आइपुगेका हुन् ।
सेनाका प्रवक्ता पौडेलका अनुसार अहिले सबैलाई सामाखुसीस्थित आइसोलेसन सेन्टरमा लगिएकाे छ । नेपालबहस डटकमसँग कुरा गर्दै प्रवक्ता पौडेलले भने, ‘उहाँहरूलाई नेपाल सरकारको प्रोटोकल अनुसार सेनाको आइसोलेसन सेन्टरमा राख्न लागेका छौं । उहाँहरूको आजै एन्टिजेन्ट परीक्षण गर्छौं र स्वास्थ्य प्रोटोकल अनुसार होम आइसोलेसनमा पठाउनु पर्नेलाई पठाइन्छ अरूलाई त्यहीँ आइसोलेसनमा राखिन्छ ।’
काबुलस्थित अमेरिकी मिशनमा कार्यरत हाम्रा साथीहरू तथा गठबन्धनका सहकर्मीहरूसँग काम गर्नुभएका नेपालीहरूमध्ये पहिलो उडानमार्फत आउनु हुनेलाई सकुशल काठमाडौंमा स्वागत गर्न पाउनु हाम्रो लागि सम्मानको विषय हो। हामी यहाँहरूको सुरक्षा लगायतको सेवाको लागि अत्यन्तै कृतज्ञ छौं। धेरै धन्यवाद।🙏 pic.twitter.com/CyM7TqTdQw
— U.S. Embassy Nepal (@USEmbassyNepal) August 17, 2021
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको घोषणासँगै त्यहाँ द्वन्द्व झन् चर्किएको छ । विद्रोही तालिबान समूहले त्यहाँको सत्ता फेरि कब्जामा लिएको छ । राष्ट्रपति असरफ घानी देश छाडेर हिँडिसकेका छन् । त्यहाँ अझै थुप्रै नेपाली उद्धारको पर्खाइमा छन् । उनीहरूलाई नेपाल फर्काउन पाकिस्तान सरकारले पनि समन्वय गर्ने जनाएको छ ।
अफगानिस्तानमा सुरक्षा गार्ड, आर्मी, हस्पिटालिटी क्षेत्रमा हजारौँ नेपाली कार्यरत रहेको बताइन्छ । श्रम स्वीकृति लिएर पुगेका र विभिन्न देशका कुटनीतिक नियोगमा काम गर्ने सुरक्षा गार्डहरुलाई अफगानिस्तानबाट कुवेत, दोहालगायत ठाउँ पुर्याइएको छ।
यता, नेपाल फर्कन २ हजार हाराहारी नेपाली उद्धारको पर्खाइमा रहेको बताइरहँदा सरकारीस्तरबाट उद्धारका लागि १ सय ३४ नेपालीले मात्रै स्वदेश फिर्तीका लागि आफ्नो विवरण टिपाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कन्सुलर सेवा विभागको वेबपोर्टलमा आइतबार बेलुकासम्म १ सय ३४ जना नेपालीले आफ्नो विवरण दर्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरुलाई एक-दुई दिनमै स्वदेश फर्काउने तयारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार