महालक्ष्मी विकास बैंक र कान्तिपुर अस्पताल बिच शुल्क छुट सम्बन्धी सम्झौता
नेपालबहस संवाददाता
भदौ १, २०७८ मंगलबार १७:३९:२८
१ भदौ, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको बानेश्वर शाखाको अगुवाईमा कान्तिपुर अस्पताल प्रा. लि. सँग सोमबार (आज) सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले कान्तिपुर अस्पताल प्रा. लि. मा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरुमा छुट पाउनेछन् ।
सम्झौता अनुसार बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्ने ग्राहकहरुले निशुल्क एम्बुलेन्स सेवा, बेड चार्ज /ICU/HCU भेन्टिलेटर चार्ज र फार्मेसीमा १०% छुट प्राप्त गर्नुका साथै जेनरल बेड चार्र्ज/क्याबिन, इन्भेस्टिगेशन -Lab, X-ray, USG, ECG, Endoscopy, PFT, TMT, Echo), Procedure Charge (Plaster, Stitching, Dressing) मा १५% को आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौता पत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक हिमालय बिक्रम मल्ल ठकुरीज्यूले र बैंकका तर्फबाट बानेश्वर शाखाका प्रमुख विकास रावलज्यूले हस्ताक्षर गर्नु भएको हो ।
देशका १०३ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म DIGITAL BANKING मार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न हार्दिक अपिल पनि गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार