पत्रकार महासंघकाे भवन बनाउन प्रदेश सरकारको सहयोग
नेपालबहस संवाददाता
भदौ २, २०७८ बुधबार १३:२१:२१
२ भदौ, बनियानी । नेपाल पत्रकार महासंघ झापा शाखाको भवन निर्माणका लागि प्रदेश नं १ सरकारले रू ४० लाख प्रदान गर्ने भएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत भवन उक्त रकम विनियोजन भएको महासंघका शाखा अध्यक्ष एकराज गिरीले जानकारी दिए । बिर्तामोडस्थित नयाँ बसपार्कमा रहेको एकतले भवनमा दुई तला थप्ने गरी तत्काल काम अघि बढाइने उनले बताए ।
यसका लागि शाखाका उपाध्यक्ष केशव भट्टराईको संयोजकत्वमा सात सदस्यीय भवन निर्माण समितिसमेत गठन गरिएको छ । प्रदेश सरकारसँग भवन निर्माण सम्झौता गर्न जाने तयारी भइरहेको उनले जानकारी दिए ।
यसैबीच महासंघ प्रदेश नं १ कमिटीका कोषाध्यक्ष विमल लामिछानेले शाखाद्वारा प्रकाशित इ–बुलेटिनको मंगलबार सार्वजनिक गरे । महासंघले सञ्चालन गरेका गतिविधि समेटेर चौमासिकरूपमा प्रकाशन गर्ने गरी इ–बुलेटिन प्रकाशन थालिएको शाखा अध्यक्ष गिरीले बताए । “महासंघको हरेक गतिविधि र कामकारबाहीलाई पारदर्शीरूपमा राख्नका लागि बुलेटिन प्रकाशन सुरु गरिएको हो”, उनले भने, “यसलाई महासंघको बेवसाइटमा राखिने छ ।”
सो अवसरमा प्रदेश नं १ का पत्रकारलाई रु १० लाख बराबरको ‘फेलोसिप’, मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्री वितरण गरिएको जानकारी दिइएको थियो ।
कार्यक्रममा पत्रकार महासंघ प्रदेश कमिटी सदस्य लीलाराज झापाली, प्रेस युनियनकी अध्यक्ष इन्दु पूर्वेली, प्रेस चौतारीका अध्यक्ष मुक्ति पौडेल, प्रेस सङ्गठन अध्यक्ष झुलन रेग्मी, नारी सञ्चारगृहकी अध्यक्ष भीमा शिवाकोटीलगायतले शाखाले नयाँ कामको सुरुआत गरेकामा धन्यवाद दिए ।
उनीहरुले कोरोनाका कारण सकसपूर्ण अवस्थामा रहेको सञ्चार क्षेत्रलाई सबल बनाउन र पत्रकारलाई पेशाबाट पलायन हुने अवस्था आउन नदिन महासंघ जिल्ला, प्रदेश र केन्द्रले पहलकदमी गर्नुपर्नेमा सुझाव दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापाका माछा किसानमाथि मध्यरातमा छुरा प्रहार, आरोपी फरार
जेठ १३, २०८१ आइतबार
अज्ञात समूहले माचमा आगो लगाएपछि बेलबारीका किसान आतङ्कित
जेठ ८, २०८१ मंगलबार
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
सुक्खा पहिरोले आरुघाट–लार्के सडक अवरुद्ध
जेठ १३, २०८१ आइतबार
अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द
जेठ १३, २०८१ आइतबार
निजामतीमा महिलाको प्रतिनिधित्व १३ दशमलव ६ प्रतिशत
जेठ १३, २०८१ आइतबार
स्वास्थ्य मन्त्रालयको बेरुजु ३ अर्ब
जेठ १३, २०८१ आइतबार
पत्नी बलात्कार मुद्दामा निलम्बित न्यायाधीश गिरी दोषी ठहर
जेठ १३, २०८१ आइतबार
ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सबै स्थानीय तहको केन्द्रसम्म
जेठ १३, २०८१ आइतबार