राष्ट्रिय टोलीका स्पिनर सन्दीपले सीपीएल नखेल्ने
नेपालबहस संवाददाता
भदौ २, २०७८ बुधबार १३:५७:२७
२ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने राष्ट्रिय टिममा व्यस्त हुँदा क्यारेबियन प्रिमियर लिग ‘सीपीएल’ गुमाउने भएका छन् ।
सन्दीप ट्रीनबागो नाइट राइडर्समा आबद्द थिए । सीपीएलले सार्वजनिक गरेको सहभागी टिमको खेलाडी सूचीमा सन्दीपको नाम छैन । २०२१ को सीपीएल क्रिकेट अगस्ट २८ बाट सुरु हुनेछ ।
तर, सीपीएलकै समय नेपाली टिम ओमान भ्रमणमा जाने पक्का भएपछि सन्दीपले सीपीएल नखेल्ने भएका हुन् ।आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपालले ओमानको भ्रमण गर्ने तालिका रहेको छ ।
सिरिज अघि नेपाली टोलीले पपुवा न्युगिनी ‘पीएनजी’ सँग दुई खेलको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिज खेल्ने छ ।
सन्दीपले यस अघि तीन सिजन सीपीएल खेलिसकेका छन् । सन्दीपले गत सिजन जमैका तलावाजबाट खेलेका थिए ।त्यसअघि सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रीओट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए ।
सन्दीपले यस अघि भिषा समस्याको कारण द हन्ड्रेड क्रिकेट र भाइटालिटी टी-ट्वान्टी ब्लास्ट क्रिकेट गुमाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा
असोज १२, २०८१ शनिबार
आईपीएल टिम कोलकोताको मेन्टर बने ब्राभो
असोज ११, २०८१ शुक्रबार
नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार