कोरोनाका कारण अभिभावक गुमाएका बालबालिकालाई मासिक पाँच हजार
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
भदौ २, २०७८ बुधबार १८:११:६
![](https://nepalbahas.prixacdn.net/media/albums/Paisa_tSPIQ3I8j5.jpg)
२ भदौ, कास्की । गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएका बालबालिकालाई मासिक रु पाँच हजार नगद सहयोग प्रदान गर्नै भएको छ । सरकारले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई एक वर्षका लागि प्रतिव्यक्ति रु ६० हजार सहयोग प्रदान गर्न लागेको हो । गण्डकीमा स्थायी बसोबास गर्ने र कोरोनाबाट मृत्यु भएका नागरिकका सन्ततिले रकम प्राप्त गर्नेछन् ।
वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम राहत वितरणका लागि शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले कार्यक्रम कार्यान्वयन प्रक्रिया सुरुआत गरिएको जनाएको छ । कार्यक्रम कार्यान्वयनका लागि प्रदेशका ८५ वटै स्थानीय तहलाई त्यस्ता बालबालिकाको तथ्याङ्क सङ्कलन गरेर पठाउनका लागि आग्रह गरिएको मन्त्रालयका शिक्षा महाशाखा प्रमुख तोयनाथ लम्सालले बताए ।
उहाँले भन्नुभयो, “बजेट तथा नीति कार्यक्रममा कोभिड सङ्क्रमणका कारण बाबु वा आमा गुमाएकालाई नगद राहत प्रदान गर्ने व्यवस्था भएबमोजिम सोको कार्यान्वयनका लागि पीडित बालबालिकाको विवरण पठाउन गण्डकी प्रदेशका सबै स्थानीय तहलाई परिपत्र गरेका छौँ । विवरण प्राप्त भएपछि सोको अध्ययन गरेर वास्तविक लाभग्राहीलाई राहत रकम दिन्छौँ ।”
सहयोग रकम प्राप्त गर्नका लागि कोभिडका कारण मृत्यु भएका अभिभावकको पिसिआर रिपोर्ट, स्वास्थ्य संस्था वा अस्पतालमा मृत्यु भएको भए सो खुल्ने कागजात, वडाको सिफारिस, विद्यालयमा अध्ययन गर्नेको हकमा विद्यालयको सिफारिस तथा हाल संरक्षकत्वको विवरण आवश्यक पर्ने मन्त्रालयले जनाएको छ ।
यसका लागि हाल रु ३० लाख बजेट अख्तियारी प्राप्त भएको र प्राप्त विवरणका आधारमा आवश्यक बजेट व्यवस्था हुने महाशाखा प्रमुख लम्सालले जानकारी दिए । मन्त्रालयले राहत रकम वितरणका सम्बन्धमा कार्यविधि बनाउन लागेको छ । वर्षमा एकैपटक वितरण नगरिकन चरणवद्धरूपमा सम्बन्धित व्यक्तिलाई रकम प्रदान गरिने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा
माघ २२, २०८१ मंगलबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा
फागुन १, २०८१ बिहिबार
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश
फागुन १, २०८१ बिहिबार
ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा पूर्ण इजलासमा पेश हुने
फागुन १, २०८१ बिहिबार
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
फागुन १, २०८१ बिहिबार
अमेरिकालाई शून्य योगफलको मानसिकता त्याग्न चीनको आग्रह
फागुन १, २०८१ बिहिबार
चौतर्फी दबाबपछि ठमेलमा प्रहरी कुट्ने अखिल नेता कमलराज जोशी पक्राउ