टप ५ बाट बाहिरियो एनआईसी एशिया बैंक, प्रतिशेयर आम्दानी पनि घट्दो ट्रेण्डमा !
आर्थिक संवाददाता
भदौ २, २०७८ बुधबार २२:३४:४७
२ भदाै , काठमाडाैं । निकै आक्रामक रुपमा व्यापार गर्दै आएको एनआईसी एशिया बैंकले पछिल्लो समयमा भने सो आक्रामक व्यापारलाई मुनाफामा रुपान्तरण गर्न असफल भएको देखिन्छ ।
आर्थिक वर्ष ०७६/७७ मा खुद मुनाफाको मामलामा बैंक टप ५ मा पर्न सफल भएपनि आर्थिक वर्ष ७७/७८ मा भने बैंक २७ वाणिज्य बैंक मध्ये मुनाफाको हिसाबमा साताैं नम्बरमा झरेको छ ।
त्यस्तै बैंकको मुनाफाको वृद्धिदर पनि औसत वाणिज्य बैंकको वृद्धिदर भन्दा कम रहेको छ । वाणिज्य बैंकहरुले आर्थिक वर्ष ०७७/७८ मा २० प्रतिशत भद्ना धेरैले मुनाफा वृद्धि गरेकोमा एनआईसी एशिया बैंकले ५ प्रतिशत भन्दा पनि थोरैले मात्र मुनाफा वृद्धि गर्न सफल भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी पनि निरन्तर घट्दै छ । प्रतिशेयर आम्दानी घट्नुलाई शेयरधनीको हिसाबबाट हेर्दा राम्रो मानिदैन् ।
हाल एनआईसी एशिया बैंकमा विशाल ग्रुपका उपाध्यक्षसमेत रहेका तुलसीराम अग्रवाल अध्यक्ष रहेका छन् भने संचालक सदस्यहरुमा त्रिलोकचन्द अग्रवाल, रामचन्द्र संघई, निकुञ्ज अग्रवाल, राजेन्द्रप्रसाद अर्याल, विनोदकुमार प्याकुरेल र गणेशमान श्रेष्ठ रहेका छन् ।
यसैगरि बैंकको उच्च व्यवस्थापनमा रोशनकुमार न्यौपाने सीईओको रुपमा कार्यरत छन् । त्यस्तै सुधिरनाथ पाण्डे नायव सीईओको रुपमा कार्यरत छन् ।
बैंकले आफ्ना कर्मचारीलाई निकै पलाएर काम गराए पनि, अनावश्यक टार्गेट दिए पनि, अन्य बैंकको भन्दा थोरै तलव दिए पनि बैंकले खासै प्रगति गर्न सकेको देखिएन । कर्मचारीलाई ८-९ बजे सम्म काम गराईदिने भएकोले सकेसम्म बैंकका कर्मचारीहरुले अन्य बैंकमा जागीर खोजिरहेको पाइएको छ।
यसरी टप ५ बाट बाहिरियो बैंक :
आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमासको आधारमा नबिल बैंकले सर्वाधिक ४ अर्ब ५० करोड खुद मुनाफा गरेको छ भने ग्लोबल आईएमई बैंकले ४ अर्ब १३ करोड मुनाफा गरेको छ। सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ८० करोड मुनाफा गर्दा एनआईसी एशिया भने खुद मुनाफाको मामलामा ७ नम्बरमा पुगेको छ । आर्थिक वर्ष ७६/७७ को अन्त्यमा भने बैंकले ३ अर्ब १० करोड खुद मुनाफा गर्दै चौथो नम्बरमा थियो ।
एनआईसी एशिया बैंकको आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमास र आर्थिक वर्ष ०७६/७७ को चौथो त्रैमासलाई दाँजेर हेर्दा :
✍ खुद मुनाफा :
एनआईसी एशिया बैंकको खुद मुनाफामा सामान्य मात्र वृद्धि देखिएको छ । आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमाससम्म बैंकले ३ अर्ब २५ करोड खुद मुनाफा गरेको छ । समिक्षा अवधिको चौथो त्रैमाससम्म बैंकले ३ अर्ब ९ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको थियो ।यसरी खुद मुनाफामा ५ प्रतिशतको सामान्य वृद्धि देखिएको छ । अन्य वाणिज्य बैंकहरुको आर्थिक वर्ष ०७७/७८ मा औसतमा २० प्रतिशतले मुनाफा वृद्धि गर्न सफल भएका छन् ।
✍ प्रमुख आम्दानीको श्रोत ( खुद व्याज आम्दानी ) :
बैंकको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा २१ प्रतिशतको वृद्धि देखिएको छ । आर्थिक वर्ष ०७६/७७ मा ७ अर्ब ६० करोड खुद व्याज आम्दानी गरेकोमा आर्थिक वर्ष ०७७/७८को चौथो त्रैमाससम्ममा बैंकले ९ अर्ब २२ करोड खुद व्याज आम्दानी गरेको छ ।
कम्पनीले जोखिमवापत १ अर्ब १९ करोड व्यवस्थापन गर्नुपरेको छ । आर्थिक वर्ष ०७६/७७ को चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ११ करोड व्यवस्थापन गरेको थियो । समिक्षा अवधिमा संचालन मुनाफा पनि ८ प्रतिशतले मात्र वृद्धि हुँदै ४ अर्ब ७९ करोड पुगेको छ ।
✍ वितरण योग्य मुनाफा :
वितरण योग्य मुनाफा गत आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा ३३ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ९२ करोड पुगेको छ । वार्षिक वितरण योग्य मुनाफालाई शेयर संख्याले भाग गर्दा लाभांश क्षमता करिब १६ प्रतिशत देखिन्छ ।
✍ प्रतिशेयर आम्दानी :
कम्पनीको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ११ पैसा मात्र छ । कम्पनीको प्रतिशेयर आम्दानी दिन प्रतिदिन घट्दै छ । आर्थिक वर्ष ०७६/७७ को चौथो त्रैमासमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३२ रूपैयाँ थियो । ०७७/७८को प्रथम त्रैमासमा वार्षिक प्रतिशेयर आम्दानी ४२ रुपैयाँ, दोश्रोमा ३५ रुपैयाँ, तेश्रोमा ३४ रुपैयाँ र चौथो त्रैमाससम्म आउँदा प्रतिशेयर आम्दानी घट्दै २८ रुपैयाँ पुगेको छ । यसरी कम्पनीले पुँजी वृद्धिको तुलनामा प्रतिशेयर आम्दानीलाई सन्तुलनमा राख्न सकेकाे छैन् ।
✍ मूल्य आम्दानी अनुपात:
कम्पनीको दोश्रो बजारमा भाद्र २ गतेको बजार मूल्य ९९५ लाई आधार मान्दा मूल्य आम्दानी अनुपात ३५ गुणा रहेको छ ।
✍ जगेडा कोष :
बैंकको संचित मुनाफा १ अर्ब ९५ करोड पुगेको छ भने जगेडा कोष २९ प्रतिशतले वृद्धि हुँदै ७ अर्ब १७ करोड पुगेको छ । बैंकको संचित मुनाफा घटेको छ ।
✍ निक्षेप कर्जा ?
बैंकले २ खर्ब ८६ अर्ब निक्षेप संकलन गरी २ खर्ब ४८ अर्ब कर्जा प्रवाह गरेको छ । कर्जा प्रवाह ५५ प्रतिशतले वृद्धि भएको छ भने निक्षेप संकलन ४२ प्रतिशतले वृद्धि भएको छ।
✍ खराब कर्जा :
खराब कर्जा कम हुँदै शुन्य दशमलव ४६ प्रतिशत पुगेको छ । आर्थिक वर्ष ०७६/७७ को चौथो त्रैमासमा खराब कर्जा शुन्य दशमलव ७५ प्रतिशत मात्र थियो ।
✍ आधार व्याज दर :
बैंकले आधार व्याजदर घटाउन सफल भएको छ । बैंकको आधार व्याजदर ६ दशमलव ८४ प्रतिशतमा झरेको छ, जो एक वर्ष अघि ७ दशमलव ७० प्रतिशत थियो ।
नोट : कम्पनीले सार्वजनिक रुपमा प्रकाशन गरेको वित्तीय विवरणको आधारमा गरिएको माथिको विश्लेषण हेरे पश्चात लगानीकर्ताले आफुले अध्ययन गरेर लगानीको आफ्नो निर्णय लिनु होला । यो विश्लेषण शेयर कारोवारको लागि तयार पारिएको सामाग्री होइन । लगानी गर्ने वा नगर्ने बारेमा नेपालबहसले कुनै निर्णय दिएको हाेइन।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
पूर्वराजा शाह अर्को साता नेपालगञ्ज भ्रमणमा
मंसिर १२, २०८१ बुधबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार
जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
मंसिर १२, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार