मौसमी मल्लको बाटुली !
नेपालबहस संवाददाता
भदौ २, २०७८ बुधबार २३:५:२०
२ भदौ, काठमाडौं। नयाँ पारिवारीक टेलिश्रृंखला ‘बाटुली’ प्रसारणमा आएको छ । आर्टिष्ट खबर मिडियाले निर्माण गरेको यस टेलिश्रृंखला न्युज नेपाल एचडी टेलिभिजनमा हरेक मंगलबार साँझ ७ः३० मा प्रसारण हुनेछ । पहिलो श्रृंखला गएको मंगलबार (भदौ १) गते प्रसारण भएको हो ।
सञ्चारकर्मि गोपिकृष्ण चापागाईं र नवराज अधिकारीको निर्देशनमा तयार भएको ‘बाटुली’ टेलिश्रृंखला झण्डै २५ बर्ष पुरानो कथामा निर्माण गरिएको बताइएको छ । मोबाइल युग भन्दा अघि नेपाली गाउँसमाजमा सासु र बुहारी बिच हुने बिभेदलाई टेलिश्रृंखलामा हेर्न सकिने निर्देशक गोपिकृष्णले जानकारी दिए । उनले भनेको छ, ‘पछिल्लो समय नेपालमा धेरै टेलिश्रृंखला निर्माण भइरहेको समयमा हामिले पुरानो कथालाई उठान गरेका छौं ।’ टेलिश्रृंखलाको कथा पनि गोपिकृष्णले लेखेको हो ।
टेलिश्रृंखलाको निर्माण नेपालको मध्य जिल्ला नवलपरासी पुर्व (नवलपुर)मा गरिएका अर्का निर्देशक तथा ब्यवस्थापक नवराज अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार नवलपुरको देवचुली नगरपालिका वडा नं. ४ र ५ को झाँक्रे गाउँमा छायांकन गरिएको छ । सुरुमा ४ भाग छायांकन भइसकेको बताइएको छ ।
टेलिश्रृंखला ‘बाटुली’मा लोकप्रिय अभिनेत्री मौसमी मल्ल सासुको भूमिकामा छन् भने सिपी पोडेललाई ससुराको भूमिकामा देख्न सकिनेछ । यस्तै कलाकार संगम भुसालले बुहारीको भूमिका निभाएको छ । यस्तै खगराज सापकोटा, नारायण प्रभु, नवराज अधिकारी, राशि रिजाल, समिक्षा लामिछाने, बाल कलाकार खुसी अर्याल लगायतको अभिनय रहेको छ । अनिल लामिछानेको छायाँकन रहेको टेलिश्रृंखला ‘बाटुली’मा शारधा पौडेलको श्रृंगार रहेको छ भने विरेन्द्र भाट विपिनको सम्पादन रहेको छ । टेलिश्रृंखला ‘बाटुली’मा निरज पन्थिको सहायक निर्देशन रहेको छ । बाटुली आर्टिष्ट खबरको युट्युवमा मंगलबार साँझ ८ बजेबाट हेर्न सकिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार