शेयरबजार बुलिस ट्रेन्डमा छ : पौडेल
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ २, २०७८ बिहिबार ०:३५:२
![](https://nepalbahas.prixacdn.net/media/albums/ambika-poudel_fdILPEuGlC.jpg)
२ भदौ, काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अम्बिकाप्रसाद पौडेलले वर्तमान समयमा नेप्से बुलिस ट्रेन्डमा रहेको बताएका छन् । महासंघमा उनी शेयरबजारकाे तर्फबाट प्रतिनिधित्व गर्छन् ।
आजको बजार वृद्धिलाई कसरी लिनुहुन्छ ? भन्ने प्रश्नमा उनले भने “विगतमा क्षणिक रुपमा राजनीतिले पुँजी बजारलाई प्रभाव पारेको देखिए पनि आजको बजारको वृद्धिलाई हेर्दा बजारमा धेरै लगानीकर्ताको उपस्थिति हो भन्ने लाग्छ । आज राजनीतिक दलको विभाजन र खिचातानीको प्रभाव पुँजी बजारमा परेको देखिएन ।”
उनले भने, “अधिक मानिसहरुको बजारमा उपस्थिति रहेको छ । त्यसमा पनि नयाँ लगानीकर्ता बजारमा भित्रिएका छन् । अहिले बजारमा राजनीति र आर्थिक नीति फरक हो भन्ने मानसिकताको विकास भएको पाइन्छ । पुराना लगानीकर्ताको तुलनामा नयाँ लगानीकर्ताले राजनीतिको उतारचढावलाई मतलब नगरेको देखिन्छ । राजनीति र पुँजीबजार छुट्टाछुट्टै कुरा हुन् भन्ने कुरा बजारमा विकास भएको छ ।”
नेपालबहससँग कुरा गर्दै उनले भने “बजार बुलिस ट्रन्डमा छ नै । तर, कहिल्यै पनि क्यापिटल मार्केटको उच्च बिन्दु र न्युन बिन्दु हामीले पहिचान गर्न सक्दैनौं । हामी उच्च र निम्न बिन्दु यति थियो भन्नमात्रै सक्छौं । अहिले बुलिस छ भन्न सकियो, अब कति समय बुलिस ट्रेन्डमा रहन्छ भन्न सकिन्न । नेप्से कति बिन्दुमा पुग्छ भन्न पनि सकिँदैन । वर्तमानमा पुँजी बजार बुलिस ट्रेन्डमा छ ।”
हालसम्मकै उच्च बिन्दुमा नेप्से, बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले आज नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालाे यात्रा तय गरेको नेप्से आज नयाँ उचाइमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
शेयर कारोबार हुने साताको चौथो दिन आज नेप्से ३२.०४ बिन्दुले बढेर तीन हजार १९२.३५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३८ बिन्दुले बढेर ५९६.६६ मा पुगेको छ । कूल २२५ कम्पनीको तीन करोड १४ लाख ३१ हजार ८५५ कित्ता शेयर रु १८ अर्ब ८१ करोड ३१ लाख ६४ हजार ९९५ मूल्य बराबरको कारोबार भयो ।
कारोबार भएका १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर मूल्य बढेको छ । होटल तथा पर्यटन ०.३५, लघुवित्त १.५१, सामूहिक लगानीकोष ०.२१ र लगानी ०.२१ बिन्दुले घटेको छ । यस्तै, बैंकिङ १४.५, व्यापार २.३८, विकास बैंक २७२.४४, जलविद्युत् ५४.३९, वित्त १०३ं५२, निर्जीवन बीमा २७६.१९, अन्य २४.९२ र जीवन बीमा १११.९७ बिन्दुले बढेको छ ।
आजको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख ९२ हजार ९१ बराबर पुगेको छ । कारोबारका आधारमा आज नेशनल हाइड्रोपावरक कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ७८ करोड ८७ लाख तीन हजार ५२० बराबरको कारोबार भयो ।
यस्तै, अपि पावर कम्पनी रु ६३ करोड ४६ लाख ७१ हजार ९२४, लुम्बिनी विकास बैंक रु ५९ करोड ७६ लाख ९३ हजार ९७६, महालक्ष्मी विकास बैंक रु ५७ करोड ६९ लाख १९ हजार ३७६ र ज्योति विकास बैंक रु ५६ करोड १५ लाख ४४ हजार ८९४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
छ कम्पनीको शेयरमा सर्किट
नेप्सेका अनुसार आजको कारोबारमा विभिन्न छ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसमा, अरुण भ्याली हाइड्रोपावर, अरुण काबेली पावर, शिवम् सिमेन्ट, जीवन विकास लघुवित्त, आँखु खोला जलविद्युत् कम्पनी र महालक्ष्मी विकास बैंक रहेका छन् ।
यसैगरी, एसबिएल डिवेञ्चर ५.८६, एनआइबिएल प्रगति फण्ड ४.६१, एनआइसी एशिया डिवेञ्चर ३.९६, आरएसडीसी लघुवित्त ३.३५ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ३.१० प्रतिशतले गुमाए ।
लगानीकर्ताको मनोबल उच्च देखियो : रौनियार
माौद्रिक नीतिमा व्यवस्था भएर आएको १२ करोडभन्दा धेरै एक व्यक्तिले लगानी गर्न नपाउने कुराले बजारलाई प्रभाव पार्ने भन्ने तपाईहरुको अनुमानको विपरित आज बजार बढेको छ । यसलाई कसरी लिनुहुन्छ ? भन्ने नेपालबहसको प्रश्नमा नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले लामो व्याख्या गर्दै भने “बजार घट्नु र बढ्नुलाई मात्रै हेरेर हामीले उठाएका विषय अनावश्यक रहेछन् भनेर नबुझ्न आग्रह गरे ।
आजको बजार वृद्धिलाई स्वभाविक रुपमा लिनुपर्छ । बजारमा अहिले लगानीकर्ताको विश्वास र आकर्षण छ । अहिले हाइड्रोपावर र लघुवित्तका शेयरहरु लगानी गार्द फाइदा हुने देखेर शेयर खरिद गर्न आम लगानीकर्ताहरु तानिएका छन् ।” उनले भने ।
उनले कुनै नीति निर्देशन आउँदा त्यसमा केही गलत कुरा आए भने त्यसलाई हामीले ‘प्वाइन्ट आउट’ गर्नुपर्छ । तीनवटा बैंकबाट शेयर खरिदका लागि ४ करोडका दरले १२ करोड पैसा मात्रै लिनपाउने भन्ने कुरा गलत भएकाे बताए ।
राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश र दल विभाजन जस्ता कुरा पहिले नै आम लगानीकर्ताले थाहा पाइसकेको विषय भएको उनले बताए । सोही कारण पनि आजको राजनीतिक घटनाक्रमले बजारमा प्रत्येक्ष नकारात्मक प्रभाव नपारेको रौनियारले बताए । यदि अप्रत्याशित ठुलै घटना घटेको खण्डमा पुँजी बजारमा नकारत्मक प्रभाव पर्न सक्छ ।
उनले भने, अहिले एक आर्थिक वर्षको साँवा व्याजको सेटल भइसकेको र आषाढ मसान्त पछि अधिकांश कम्पनीको सकारात्मक वित्तीय विवरण सार्वजनिक भएको कारण पनि बजारमा उछाल जारी छ । हाइड्रोपावर कम्पनीले पनि पछिल्लो समय बोनस र हकप्रद जारी गर्ने तयारी गरिरहेका छन् ।
कुराकानीका क्रममा रौनियारले अधिकांश सुचिकृत कम्पनीको सकारात्मक रिजल्ट आएका कारण सो प्रतिफल पाउनका लगि पनि लागानीकर्ताको मनोवल उच्च रहेको बताए । उनले विकास बैंकहरुको पुँजी बृद्धिको कराहरु पनि आइरहेको छ ।
सामान्य राजनीतिक घटना क्रम बाहेक अबको डेढ दुई वर्ष ठुलो राजनीतिक उतारचढाव आउने संभावना नरहेको बताए । उनले भने बजेट भन्दा तीन गुणा ठुलो ४४ खर्बको पूँजीबजार रहेको छ । राजनीतिक नेतृत्वबाट पनि पूँजीबजारलाई घटाउने र निरुत्साहित गर्ने कुरा कुनै पनि नआएका कारण बजारमा लगानीकर्ता ढुक्कसँग लगानी गरिरहेको उनले बताए ।
उनले आम लगानीकर्तालाई हरेक वर्ष प्रतिफल दिने, कम्पनीको विगत, वर्तमान र भविष्यलाई हेरेर मात्रै आफ्नो खुनपसिनाले कमाएको रकम लगानी गर्न अनुरोध गरे । कुराकानीका क्रममा उनले अहिलेको अवस्थामा बैंकिङ सेक्टरमा लगानी गर्न कुनै जाखिम नरहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशेयरमा माघ यताकै बढी रकम कारोबार, नेप्से भने घट्यो
जेठ ३१, २०८१ बिहिबार
मंगलबारको शेयरबजार, सबै समूहगत सूचकमा हरियाली
जेठ २९, २०८१ मंगलबार
राजनीतिमा जस्तै शेयर बजारमा पनि उतारचढाव
फागुन २५, २०८० शुक्रबार
प्रेम सफल नबन्दा दुई प्रहरी जवानले गरे आत्महत्या
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार
राष्ट्रिय अनुसन्धान विभागका एसपी प्रसाईमाथि छानबिन !
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार ७, २०८१ शुक्रबार
सशस्त्रको लापरवाहीले करिब १५ लाख नगदसहित पक्राउ परेका भारतीय तस्कर भन्सारबाटै गायव
असार ७, २०८१ शुक्रबार
देशको विभिन्न ठाउँमा वर्षा, गण्डकी प्रदेशमा मुसलधारे पानी पर्ने
असार ७, २०८१ शुक्रबार
बाढीपहिरोले कोशी राजमार्गमा करोडौंको क्षति
असार ७, २०८१ शुक्रबार
बागलुङ-कुश्मिसेरा सडकखण्ड एक साता बन्द
असार ७, २०८१ शुक्रबार
पत्रकार महासंघको निर्वाचन असार २२ गते
असार ७, २०८१ शुक्रबार
अरविन्द केजरीवालको जमानतमा रोक, रिहाई फेरी अनिश्चित
असार ७, २०८१ शुक्रबार
बाढीपहिरोले मकालुमा २४ घर विस्थापित
असार ७, २०८१ शुक्रबार
भारत र अमेरिकासहित ८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
असार ७, २०८१ शुक्रबार