बीरगञ्जको सूर्या हस्पिटल लुट धन्दामा
नेपालबहस संवाददाता
भदौ ३, २०७८ बिहिबार १८:३६:१९
३ भदौ, बीरगञ्ज । पर्साको छपकैयाँमा रहेको सूर्या हस्पिटल संचालनमा आएको एक महिना पनि पुगेको छैन । तर संचालनमा आएको एक महिना नवित्दै अस्पतालले बिरामीसँग लुट्न सुरु गरेको पाइएको छ ।
अस्पतालमा उपचारका लागि जाने बिरामीलाई चिकित्सकहरुले तोकिएको ल्याबमा मात्रै परीक्षण गर्न पठाएर लुट्ने काम गरिरहेका हुन् ।तोकिएको बाहेक अन्य ल्याबमा परीक्षण गरिएको रिपोर्ट अस्पतालका चिकित्सकले नहेर्दिने हुँदा तोकिएकै ल्याबमा गएर नमूना परीक्षण गर्न बिरामी बाध्य बनिरहेका छन् ।
अस्पतालले डा. सुदर्शन कुसवाहाले सञ्चालन गरेको सिटी स्क्यान सेन्टर प्रा.लि. विर्तामा भिडियो एक्सरेका लागि पठाउने गरेको भेटिएको छ ।अस्पतालकै आसपासमा भिडियो एक्सरे गर्ने ठाउँ छ तर अस्पतालभन्दा टाढा रहेको सिटी स्क्यान सेन्टर प्रा.लि.मै बिरामी जानु पर्ने बाध्यता छ ।
‘त्यसमा बाहेक अरु ठाउँमा गरिएको भिडियो एक्सरे रिपोर्ट अस्पतालमा बर्जित जस्तै छ,’ अस्पतालमा उपचारका लागि बाराबाट आएकी साहाना खातुन भन्छिन्, ‘चिकित्सकले अरु ठाउँमा गरेको रिपोर्ट नै हेर्दिदैनन् ।’
नयाँ प्रविधिसहितको अत्याधुनिक तरिकाबाट उपचार भइरहेको भनेर दाबी गर्ने अस्पतालले बिरामीलाई बिल दिने बेला भने हस्तलिखित बिल उपलब्ध गराउनुले अस्पतालले सुरुवातदेखि नै राजश्व छल्ने चलखेल गरेको पनि पाइन्छ । अस्पतालले राजश्व छली गर्नकै लागि बिरामीलाई सादा बिल थमाउने गरेको छ ।
अस्पतालले बेडचार्जदेखि, ल्याब, क्यास काउन्टर लगायत डिस्चार्ज गर्दासमेत बिरामीको उपचारमा लागेको खर्चको न त कम्प्युटर प्रणालीबाट आउने बिल दिन्छ न त व्यवसायीक बिल नै दिन्छ । बरु सादा कागजमा स्टाम्प लगाउँदै मौखिक रुपमा रकम असुल्ने गरेको छ ।
अस्पतालमा उपचारका लागि पुग्ने बिरामीलाई पनि चिकित्सकले परामर्शसहित उपचार गर्नु पर्नेमा हप्किदप्की गरेर गाली गर्ने गरेको पाइएको छ । अस्पतालकी चिकित्सक मोनिका यादव सिंहले बिरामीलाई परामर्शसहितको जाँच गरिदिनु पर्नेमा उल्टै हप्काएर पठाउने गरेकी हुन् ।अस्पतालको सेवा प्रवाह मात्रै खराब होइन, अस्पताल नै मापदण्ड विपरित ठड्याइएको छ । अस्पतालमा उपचारका लागि पुग्ने बिरामी र उनका कुरुवाको लागि न त पार्किङ सुबिधा छ न त अपाङमैत्री वातावरण नै छ ।
डा.सरोज सिंह र मोनिका सिंहले गएको साउन ८ गतेदेखि अस्पताल सञ्चालनमा ल्याएका हुन् । दुबै जना डा.नारायणी अस्पतालको सरकारी चिकित्सकसमेत हुन् । उनीहरुले नारायणीमा आउने बिरामीलाई आफ्नो अस्पताल नयाँ प्रविधिसहितको अत्याधुनिक भएको भन्दै लैजाने गरेको अस्पतालकै कर्मचारीहरु बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार