तत्काल गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न आग्रह
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
भदौ ३, २०७८ बिहिबार २२:५२:१९
![](https://nepalbahas.prixacdn.net/media/albums/gorkha_saniki_NQ28e13s3I.jpg)
३ भदौ, लण्डन । गैरआवासीय नेपाली संघ युकेले आन्दोलनरत अवकाशप्राप्त ब्रिटिश गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।
सोमबार ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई ज्ञापनपत्र बुझाएको एनआरएन युकेले मंगलबार लण्डनस्थित नेपाली राजदूतावासमार्फत प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र पठाउँदै अवकाशप्राप्त ब्रिटिश गोर्खा सैनिकको समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गरेको हो ।
गोर्खा विभाग प्रमुखसमेत रहेका गैरआवासीय युकेका अध्यक्ष प्रेम गाहामगरले बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा भनिएको छ, “नेपाल सरकार गोर्खा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न प्रतिबद्ध रहेको र यससम्बन्धी कूटनीतिक प्रक्रिया पनि सुरु गरिसकेको भन्ने मन्त्रिपरिषद्को १६ अगष्टको निर्णयलाई हामीले सकारात्मकरूपमा लिएका छौँ । हामी नेपाल सरकारलाई ठोस योजनासहित यो समस्याको दीर्घकालीन समाधानका लागि तत्काल पहल गर्न अपिल गर्दछौँ ।”
एनआरएनए युकेले तीन महिना अगाडि बेलायतस्थित ब्रिटिश गोर्खा सैनिक सम्बद्ध विभिन्न पाँच संस्थाको सहभागितामा नेपाल सरकारलाई प्राविधिक समितिको सिफारिस कार्यान्वयनका लागि वार्ता टोली गठनको माग गर्दै पत्र पठाएको थियो । सोही समयमा बेलायती प्रधानमन्त्रीलाई पनि पत्र पठाइएको थियो । बेलायत सरकारका तर्फबाट रक्षा मन्त्रालयले ११ मे २०२१ मा जवाफ पठाएको पनि थियो ।
बेलायती रक्षा मन्त्रालयले एनआरएनलाई लेखेको जवाफीपत्रसमेत संलग्न गरेर ज्ञापनपत्र पठाइएको हो । “अगष्ट ७, २०२१ देखि तीन जना अभियानकर्मीले आमरण अनशन सुरु गरेका हुन् । दिनप्रतिदिन उनीहरुको स्वास्थ्य कमजोर बन्दै गएको छ । हामी उनीहरुको जीवन रक्षाबारे अत्यन्त चिन्तित छौँ”, पत्रमा उल्लेख गरिएको छ ।
“लामो समयसम्म बल्झिरहेको सेवानिवृत्त ब्रिटिश गोर्खा सैनिकका समस्यामा केन्द्रित रहेर संयुक्त प्राविधिक समितिमा लामो समयसम्म गरिएको छलफलको निष्कर्षको रुपमा २०१८ मार्चमा अन्तिम रुप दिइएको १३ बुँदे प्रतिवेदनलाई अविलम्ब कार्यान्वयन गर्न बेलायत सरकारसँग कूटनीतिक पहल गरी समस्या समाधान गर्न एनआरएनए युके जोडदार माग गर्दछ”, अध्यक्ष गाहामगरद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ ।
ज्ञापनपत्रमा गोर्खा समस्याको दिगो र स्थायी समाधानका लागि तत्काल एक उच्चस्तरीय वार्ता समिति गठन गरी वार्ताको मिति र स्थानसमेत तोक्न कूटनीतिक पहल गर्न पनि माग गरिएको छ । ज्ञापनपत्रमा नेपाली दूतावासबाट प्रदान गरिने राहदानी नवीकरण, एमआरपी, भिसा थपजस्ता सेवा नियमितरूपमा घुम्ती सेवामार्फत स्कटल्याण्डमा पनि उपलब्ध गराउने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब अबुधाबीबाट पनि श्रम स्वीकृति
फागुन २, २०८१ शुक्रबार
सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी
माघ २२, २०८१ मंगलबार
आगामी वैशाखमा एनआरएनएको दशौँ एकता महाधिवेशन काठमाडौंमा हुने
माघ १४, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार