आमाले घर छाडेपछि हिँडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली
नेपालबहस संवाददाता
भदौ ४, २०७८ शुक्रबार १४:५९:२४
४ भदौ, दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ चौकीटोलकी एक महिलाले घर छाडेर हिँडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली भएको छ । स्थानीय सङ्गीता तामाङ गन्धर्वले यही भदौ १ गतेदेखि घर छाडेर हिँडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली भएको हो ।
केही दिन अगाडि श्रीमान्–श्रीमतीको झगडा परेपछि उनी घर छाडेर हिँडेको बताइएको छ । उनी हराएको बारेमा परिवारले बिहीबार गाउँपालिकालाई जानकारी गराएको छ । गाउँपालिकाले प्रहरीलाई खबर गरेर उनको खोजीका लागि अनुरोध गरेको उपाध्यक्ष करुणा गुरुङले जानकारी दिए ।
“ती महिला हराएका बारेमा गाउँपालिकामा जानकारी आएपछि प्रहरीको सहयोगमा खोजी गरिरहेका छौँ”, उनले भने। ती महिलाले मोबाइल फोन घरमै छाडेको छ । “ती महिलाको आमासँग कुरा गरेका छौँ, माइती पनि नगएको जानकारीमा आयो”, गुरुङले भने।
उस्मानका लागि सहयोग जुट्दै
विश्वकै दुर्लभ रोगबाट ग्रसित नौ महिने बालकको उपचारका लागि सहयोग जुट्ने क्रम जारी छ । ‘स्पाइनल मस्कुलर एट्रोफी’ रोगबाट ग्रसित शुक्लागण्डकी नगरपालिका–५ का मोहम्मद उस्मान अलीको उपचारका लागि देश तथा विदेशबाट सहयोग जुटिरहेको छ ।
उनको उपचारमा सघाउन जिल्लाका युवाले आर्थिक सङ्कलनलाई तीव्रता दिएका छन् । रकम सङ्कलनका लागि उनीहरुले घरदैलोदेखि सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरिरहेका छन् । यसैक्रममा शुक्लागण्डकीस्थित गल्छिनाका युवायुवतीले राजमार्गमै सहयोगको अपिल गरेर रु एक लाख दुई हजार ५२२ सङ्कलन गरेका छन् । खैरेनी र दुलेगौडास्थित बस रोक्ने ठाउँमा बसेर सहयोगको अपिल गर्दा उक्त रकम सङ्कलन भएको स्थानीयवासी रुकिया खातुनले जानकारी दिए ।
यसैगरी खैरेनी युवा क्लबले घरदैलोमार्फत सङ्कलन भएको रु ५५ हजार ५५५ बालकका आफन्तलाई हस्तान्तरण गरेको छ । घरदैलोबाट सङ्कलित ४४ हजार ३४० र के गाइजबाट रु ११ हजार २१५ गरी रु ५५ हजार ५५५ क्लबका अध्यक्ष सुरज थापाले बालकका हजुरबुवालाई हस्तान्तरण गरे । निकै महङ्गो उपचार लाग्ने भएकाले पीडित परिवारले सहयोगको आग्रह गरेको छ । ती बालकमा जन्मिएको तीन महिनामै एसएमए रोगको लक्षण देखिएको परिवारले जनाएको छ ।
स्थानीय तहमा बारअनुसार सेवा
कोभिड–१९ को सङ्क्रमण दिनदिनै बढ्दै गइरहेको र कार्यालयमा सेवाग्राहीको चाप अत्यधिक बढेपछि जिल्ला प्रशासन कार्यालयले अब बारअनुसार सेवा प्रवाह गर्ने भएको छ । दश स्थानीय तह रहेको जिल्लाका नागरिकलाई कार्यालयले यही भदौ ७ गतेदेखि बारअनुसार सेवाप्रवाह गर्न लागेको हो ।
कार्यालयमा अत्यावश्यक सेवाबाहेक अन्य सबै किसिमका दैनिक सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या अत्यधिक बढेकाले यस्तो व्यवस्था सुरु गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । “कार्यालय तथा बजारमा मानिसको भीडभाडसँगै सङ्क्रमण पनि बढेको हुँदा मानिसको आवागमन कम गर्न यही भदौ ७ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि स्थानीय तहगतरूपमा सेवाप्रवाहको व्यवस्था मिलाएका छौँ”, बरालले भने ।
कार्यालयका अनुसार आइतबार शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका र ऋषिङ गाउँपालिका, सोमबार व्यास नगरपालिका र म्याग्दे गाउँपालिका, मंगलबार शुक्लागण्डकी नगरपालिका, घिरिङ गाउँपालिका र ऋषिङ गाउँपालिकाका जनताले सेवा लिन पाउनेछन् ।
बुधबार भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका तथा बिहीबार आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, भिमाद नगरपालिका र भानु नगरपालिका एवं शुक्रबार व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाका जनताले सेवा लिन पाउनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय सरकार प्रमुख भन्छन् :- सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ
असोज १९, २०८१ शनिबार
भृकुटीमण्डपमा ‘हिमालयन इन्टरनेशनल एक्सपो’ शुरू ( फोटो फिचर )
असोज १८, २०८१ शुक्रबार
दशैंको आगमनसँगै विभिन्न शक्ति पीठहरू सजाइयो [ फोटो फिचर ]
असोज १८, २०८१ शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
प्रधानन्यायाधीशमा राउतको आज शपथ, सर्वोच्चमा स्वागत र विदाइको विशेष कार्यक्रम
असोज २०, २०८१ आइतबार
एक विदेशीसहित काभ्रेमा ७७ जनाको मृत्य, ७५ घाइते
असोज २०, २०८१ आइतबार
प्रिमियर लिगको यस सिजनमा लेस्टरको पहिलो जित
असोज २०, २०८१ आइतबार
फुलह्यामविरुद्ध म्यानचेस्टर सिटी ३-२ ले विजयी
असोज २०, २०८१ आइतबार
साउथहम्पटनमाथि आर्सनलको सहज जित
असोज २०, २०८१ आइतबार
बाढीपहिरोमा परी हालसम्म २ सय ४४ जनाको मृत्यु
असोज २०, २०८१ आइतबार