समाचार प्रभाव: पर्सा प्रहरीले सार्वजनिक गर्यो १६ थान मोबाइल, १० थान अझै गायब
नेपालबहस संवाददाता
भदौ ४, २०७८ शुक्रबार २०:४:४३
४ भदौ, बीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले २६ थान मोबाइल गायब पारेको समाचार नेपालबहसले प्रकाशित गरेपछि बाध्य भएर प्रहरीले मोबाइल सार्वजनिक गरेको छ ।
गएको शनिबार बरामद गरेको मोबाइल एक हप्तासम्म पनि सार्वजनिक नगरी गायब गर्न खोजेपछि नेपालबहसले प्रहरीले गायब गर्यो २६ थान मोबाइल भनेर हिजो मात्रै समाचार प्रकाशित गरेको थियो । प्रहरीले मोबाइलसँगै पक्राउ गरेको मान्छे भोलिपल्टै छाडे पनि मोबाइल भने सार्वजनिक गरेको थिएन ।
गएको शनिबार २६ थान मोबाइल बरामद गरेको भएपनि आज सार्वजनिक गरेको सूची अनुसार जम्मा १६ थान मोबाइल मात्रै देखाएको छ ।अझै १० थान मोबाइल प्रहरीले सार्वजनिक गरेको छैन । १० थान मोबाइल आफूले प्रयोग गर्न प्रहरी अधिकारीले भागबण्डा गरेको हुन सक्ने आशंका गरिएको छ ।
यसरी भएको थियो घटना
गएको शनिबार हेटौँडाका २ जना व्यक्ति सीमावर्ती भारतीय बजारबाट मोबाइल खरिद गरेर बसपार्क आइपुग्छन् । साँझ परिसकेकाले वीरगञ्जमै बस्ने योजना बनाएर दुबैले होटल खोज्न सुरु गर्छन् ।
होटल खोजी गर्ने क्रममै उनीहरु उभिएकै ठाउँमा २ जना प्रहरी आइपुग्छ र साथमा भएको झोला चेक गर्दा मोबाइल फेला पार्छ । त्यसपछि प्रहरीले बार्गेनिङ सुरु गर्छ । तत्काल ३० हजार बुझाए सामान र मान्छे छाडिदिने भनेर प्रहरीले भन्छ । सँगै रहेका सुजन लामाले अर्को साथीलाई पैसा व्यवस्था गर्न भनेपछि ती साथीले ३० हजार रुपैयाँ व्यवस्था गर्छन् । तर प्रहरीले घटना अहिले नमिल्ने भयो भन्दै जिल्ला प्रहरी कार्यालय लिएर जान्छ ।
जिल्ला प्रहरी कार्यालयमा लामालाई एक रात राखिन्छ । लामाले भित्रैबाट उनीसँगै हेटौँडाबाट आएका साथीलाई अझै २५ हजार र आफूसँग भएको २ थान मोबाइल बुझाउन दबाब दिन्छन् ।
प्रहरीले हिरासतमा राखेका लामाकी श्रीमती सशस्त्र प्रहरी हुन्छिन् । उनैले आफ्नो श्रीमान् लामालाई भोलिपल्ट साँझ छुटाएर लैजान्छिन् । आफू छुटिसकेपछि पनि लामाले सँगै आएका साथीलाई पैसा र मोबाइल प्रहरीमा लगेर बुझाउन भन्दै नबुझाए फसाइदिने भनेर धम्की दिन्छन् । तर ती साथीले आफूसँग पैसा नै नभएकाले व्यवस्था गर्न नसक्ने जनाउँछन् । मान्छे छुटे पनि मोबाइल भने अझैसम्म प्रहरीले नै राखेको छ ।
प्रहरीले भने अनुसार भएन सार्वजनिक
जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार सार्वजनिक गरेको मोबाइलमा ३ थान आईफोन, ६ थान सामसुङ, पोको २ थान, रेडमी ४ र ओप्पो १ थान रहेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनालले बरामद भएकामध्ये केही थान किप्याड मोबाइलफोन रहेको बताए पनि ती मोबाइल भने सार्वजनिक गरिएको छैन ।
प्रहरीले शुक्रबार सूचना निकाल्दै कसैको मोबाइल चोरी भएको भए सूचनामा उल्लेख भएको आइएमइआई नम्बर हेरेर आवश्यक कागजातसहित सम्पर्क गर्न भनेको छ । बरामद भएका मोबाइल पुराना रहेकाले चोरीको हो कि भन्ने आशंकामा छानविनका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको र अहिले सूचना जारी गरेर दावी गर्नका लागि आह्वान गरिएको प्रवक्ता खनालले बताए ।
यस्ताे थियाे समाचार:-
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार