नारायणी अस्पतालमा ‘लोजी’हरू नियुक्त गरेर गोजी भर्ने दाउ !
नेपालबहस संवाददाता
भदौ ४, २०७८ शुक्रबार २०:५५:१४
४ भदौ, बीरगञ्ज । सामान्य स्वास्थ्य सेवा पनि राम्रोसँग दिन नसकिरहेको नारायणी अस्पतालले अहिले केही ‘लोजी’ अर्थात युरोलोजी, न्युरोलोजी, रेडियोलोजी जस्ता विषयका चिकित्सक राख्ने भन्दै विज्ञापन निकालेको छ ।
गएको साउन ३२ गते सार्वजनिक सूचना प्रकाशित गर्दै अस्पतालले विभिन्न विषयका (चिकित्सक, स्टाफ नर्स तथा अनमी, अहेब) १७ जना स्वास्थ्यकर्मीहरुलाई करार सेवामा भर्ना गर्न विज्ञापन आह्वान गरेको हो ।
जस अनुरुप कन्सल्टेन्ट युरो सर्जन, कन्सल्टेन्ट न्यूरोलोजिष्ट, कन्सल्टेन्ट रेडियोलोजिष्ट, कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलोजिष्ट, कन्सल्टेन्ट साइकाइट्रिष्ट पदमा एक-एक जना माग गरिएको छ । स्टाफ नर्स ८ जना र अहेब ३ जना मागिएकोमा अनमीतर्फ १ जनाको लागि मात्रै विज्ञापन खुलाईएको छ ।
कन्सल्टेन्ट अर्थात विशेषज्ञ चिकित्सकमा अधिकांश पद अहिले नै सुरक्षित गरेर प्रक्रिया मात्रै पुर्याउन विज्ञापन निकालिएको अस्पताल स्रोतको दावी छ । अस्पतालमा कार्डियोलोजी विभाग स्थापना गरेर विशेषज्ञ चिकित्सक राखिएको झण्डै ४ वर्ष भइसकेको छ । तर मुटुसम्बन्धी विरामीको उपचारमा विभागले अहिलेसम्म पनि खासै प्रभाव जमाउन सकेको छैन ।
कार्डियोलोजी विभागकै लागि भनेर प्रदेश सरकारले दिएको झण्डै ५ करोड बराबरको कार्डियोलोजीको सामान अहिले पनि अस्पताल परिसरमै बेवारिसे बनेर सडेको छ । ‘सरकारले नै विशेषज्ञ सुविधासहितको अस्पतालमा स्तरोन्नति गरेको र यहाँको आवश्यकता अनुसार अस्पताललाई विशेषज्ञ चिकित्सक अनिवार्य चाहिन्छ,’ अस्पतालकै एक कर्मचारी भन्छन्, ‘तर भएको विशेषज्ञ विभाग समेत बेवारिसे बनेको अवस्थामा अस्पतालमा बोझकै लागि अरु बोझ थपिनु उचित होइन ।’
अस्पतालका अहिलेका निमित्त मेसु डा.वीरेन्द्रबहादुर प्रधान कार्डियोलोजी विभागका विशेषज्ञ हुन् । तर उनकै नेतृत्वमा रहेको यो विभाग अहिले लथालिंङ अवस्थामा छ । अस्पतालले विकास समिति मातहातका कर्मचारीलाई केही महिनादेखि नियमित तलबसमेत खुवाउन सकिरहेको छैन ।
आम्दानी खुम्चिएकाले तलब खुवाउन कठिन भइरहेको निमित्त मेसु प्रधान नै बताउँछन् । तलब नै दिन नसकिरहेको अवस्थामा अन्य विशेषज्ञ चिकित्सकको भीड गराएर अस्पताललाई थप बोझ दिनु उचित नहुने अस्पतालकै चिकित्सक तथा कर्मचारीहरु बताउँछन् । कतिपयले विशेषज्ञ चिकित्सकको नाममा केही निजी अस्पतालका दलालहरुलाई नियुक्ति दिन खोजिएको आरोप पनि लगाएका छन् ।
अस्पतालको आय बृद्धि गर्न भन्दा केही ‘लोजी’ पदको विज्ञापन गरेर आफ्नो गोजी भर्न आस्पताल प्रशासन लागेको भन्दै विज्ञापनको अस्पतालभित्रैबाट आलोचना पनि भइरहेको छ । तर अस्पताल प्रशासनले भने सरकारको मापदण्ड अनुरुप विशेषज्ञ चिकित्सक र अभाव कर्मचारी पूर्ती गर्न विज्ञापन आह्वान गरेको दावी गरेको छ ।
अस्पतालका निमित्त मेसु डा. प्रधानले सबै वार्डका प्रमुखसँगको छलफलपछि आवश्यक रिक्त रहेको पदपूर्ति गर्न विज्ञापन आह्वान गरेको बताउँछन् । अस्पताललाई विशेषज्ञ सेवासहितको उपचारको थलो बनाउन र हरेक बिरामीको समस्या समाधान गर्न अहिले करारमा विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी भर्ना गर्नुपर्ने बाध्यता रहेको उनको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार