महामारी नियन्त्रण कोषमा कुमारी बैंकको सहयोग
नेपालबहस संवाददाता
भदौ ४, २०७८ शुक्रबार २२:३९:२१
४ भदौ, काठमाडौं । कुमारी बैंक लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका निमित्त दमक उद्योग वाणिज्य संघद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमा ५० हजार सहयोग गरेको छ ।
कोरोना भाइरस महामारीको रोकथामका साथै महामारीले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित विविध क्षेत्रहरुलाई उजागर गर्नका लगायत न्यून आमदानी भएका अतिविपन्न, सिमान्तकृत परिवारहरुलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति सो कोषले विविध कार्यक्रमहरु गर्दै आएको छ ।
एक संक्षिप्त कार्यक्रममाझ बैंकका उर्लाबारी शाखाका प्रबन्धक युवराज दाहालले दमक वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, पूर्व अध्यक्ष तथा महामारी नियन्त्रण अभियानका संयोजक प्रकाश प्रसाईंलाई संयुक्त रुपमा सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।
कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्था लगायतका लागी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश १ मा दमक उद्योग वाणिज्य संघले गर्दै आएको प्रसंशनीय कार्यहरुको सरहना स्वरुप उक्त सहयोग रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी सक्रिय एटीएम सेवा लगायत नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउंदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड
मंसिर ९, २०८१ आइतबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार