मौद्रिक नीतिले साना ऋणीलाई समेटेको छ : बमबहादुर मिश्र, डेपुटी गभर्नर, नेपाल राष्ट्र बैंक
नेपालबहस संवाददाता
भदौ ४, २०७८ शनिबार १:०:२७
८ भदाै, काठमाडाैं । सामान्य नागरिकको चुल्हादेखि सम्पन्न व्यक्तिको भान्सासम्म समेट्ने गरी २०७८/७९ को मौद्रिक नीति आएको छ । कुनै समय थियो, नेपाल राष्ट्र बैंक निकटका मानिसलाई प्रभावमा पारेर ऋण लिने, पुर्नकर्जाको उपयोग गर्ने । तर अहिले त्यस्ता कुराहरु राष्ट्र बैंकमा छैन । पुर्नकर्जाको स्पष्ट व्यवस्था राष्ट्र बैंकले गर्दै आएको छ । अहिले कोभीड लक्षित पुर्नकर्जाको व्यवस्था गरिएको हाे ।
पुर्नकर्जा सुविधाको लागि २०७८ असार मसान्तसम्म ४८ हजार आठ सय ९० ऋणीहरुलाई १४८ अर्ब ७५ करोड पुर्नकर्जा स्वीकृत भएको छ । त्यसमध्ये करिब ३६ हजार ऋणीहरुले १५ लाख रुपैयाँ भन्दा कम ऋण लगेका छन् । १५ लाख भन्दा साना ऋणहरु साना, मझौला र घरेलु उद्योगमा लगानी भएको छ ।
राष्ट्र बैंकले साना, मझौला र घरेलु कर्जा (एसएमई) मा विशेष जोड दिएको छ । किन कि प्याज, लसुनदेखि जनैसमेत आयात गर्नुपर्ने अवस्था आएपछि यस्ता चिज वस्तुहरु नेपालमा नै उत्पादन होस्, हामीले प्रवाह गरेकाे ऋणले नेपालमा नै बन्न र उत्पादन हुन सक्ने बस्तुहरू उत्पादन हाेउन् भन्ने हेतुले एसएमई ऋणलाई जोड दिएका छौं ।
राष्ट्र बैंकमा ऋणी आफैं आउनु पर्दैन, ऋणी जाजरकोट, किमाथांका वा धनगढी नेपालको जुनसुकै भुभागमा भए पनि त्यहाँ बैंक तथा वित्तीय संस्थाहरु एवं तिनका शाखाहरु खुलेका छन् । ऋणी त्यस्ता बैंक तथा वित्तीय संस्थामा गएमा राष्ट्र बैंकले दिएको सहुलियत पाउँछन् । बिगतका दिनमा भन्दा आजका दिनमा राष्ट्र बैंकबाट सहुलियत कर्जा एवं पुर्नकर्जा पाउने मानिसको संख्या बढेको छ ।
राष्ट्र बैंकले आम नागरिकलाई राहत हुने नीतिगत व्यवस्था गरेको छ । १५–२०–२५ लाखसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्दछौं ।जागिर गुम्मने अवस्थामा रहेका स्वरोजगारमुलक साना व्यवसायीलाई जागिर गुमेको छ, व्यवसाय बन्द भएको छ भने अर्को व्यवसाय गर्नका लागि ऋण प्रवाह गर्छौं । हामीले ठुला व्यापारी र व्यवसायीलाई हेरेर अहिलेको मौद्रिक नीति ल्याएका छैनौं । अहिलेको मौद्रिक नीतिका कारण कतिपय ठूला व्यापारी व्यवसायीहरु रिसाएका छन् । अहिलेको मौद्रिक नीतिले धेरै भन्दा धेरै साना र विपन्न वर्गका व्यवसायीको हितलाई ध्यानमा राखेको छ ।
लिक्विइड अक्सिजन र अक्सिजन प्लान्टका कुराहरु हामीले मौद्रिक नीतिमा ल्याएका छौं । मानिस अक्सिजन नपाएर भागम–भाग भएको अवस्थामा हामीले गरेको नीतिगत व्यवस्थालाई अहिले मौद्रिक नीतिमा पनि समेटेका छौं । हामीले कोभीडको महामारीले निम्त्याउने क्षतिको प्रारम्भिक आंकलन गरेर नै अक्सिजन व्यवसाय संचालन गरिरहेका विज्ञहरुसँगको छलफलपछि न्यूनतम २० करोडदेखि ५० करोडसम्म रिफाइनान्सको सुविधा दिएका छौं । यो सुविधा अक्सिजन उत्पादन गरिरहेका व्यवसायी, अस्पताल वा अक्सिजन प्लान्ट स्थापना गर्न चाहने व्यक्तिले लिन सक्छन् । जसबाट आम नागरिकले कोरोनाको महामारीमा पनि अक्सिजन नपाएर छटपटाउनु पर्ने अवस्था अन्त्य गर्न सकिन्छ ।
कोभीडको बहानामा राष्ट्र बैंक कुनै दिन पनि बन्द भएन । हामीले लगातार बैंक खोल्ने र राष्ट्र बैंकबाट दिने सेवा सुविधा निरन्तर प्रदान गर्ने काममा लागिरह्यौं । हामीले कर्जा लिएका ऋणीहरुलाई ग्रेस अवधिको व्यवस्था गरेर ऋण तिर्ने व्यवस्था मिलाउन सहजता प्रदान गरेका छौं ।अति प्रभावित, मध्यम प्रभावित र न्यून प्रभावित गरी तीनवटा समुहमा ऋणीहरुलाई विभाजन गरेका छौं । ऋण तिर्न सक्ने ऋणीहरुलाई ग्रेस अवधि कुर्न पर्दैन, पेमेन्ट गर्दा हुन्छ । जसले ऋण तिर्न सकिरहेका छैनन् उनीहरुले पेलेटर गर्न सक्छन् । कोरोना अब ६ महिना एक वर्षमा नै सकिन्छ भनेर यो ग्रेस अवधि तोकिएको भने होइन ।
( डेपुटी गभर्रनर मिश्रसँग टेलिफोनमा गरिएको कुराकानीमा आधारित)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार