ज्यानमारा भाइरसबाट तनहुँमा एक सय चारको मृत्यु
नेपालबहस संवाददाता
भदौ ४, २०७८ शनिबार ०:५७:३४
४ भदौ, दमौली । ज्यानमारा काेराेना भाइरसबाट वैशाख यता तनहुँमा १०४ को मृत्यु भएको छ । दोस्रो लहरको कोरोना सुरु भएपछि जिल्लाका १०४को मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
भानु नगरपालिका सात, व्यास नगरपालिकाका २६, शुक्लागण्डकी नगरपालिकाका ४१, भिमाद नगरपालिकाका १५, म्याग्दे गाउँपालिकाका ६, घिरिङ गाउँपालिकाका चार, देवघाट गाउँपालिकाका एक, बन्दीपुर गाउँपालिकाका तीन र आँबुखैरेनी गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।
पाँच पालिका उच्च जोखिममा
तनहुँमा दैनिक रुपमा कोरोना संक्रमणको जोखिम बढ्दो छ । निषेधाज्ञा जारी भए पनि सर्वसाधारणबाट लापरबाही बढेकाले कोरोना संक्रमणको जोखिम बढिरहेको हो ।
स्वास्थ्य कार्यालयका अनुसार हाल जिल्लामा कूल सक्रिय संक्रमितको सङ्ख्या ४३८ छ । वैशाख यता जिल्लाका चार हजार ७८६ कोरोनाबाट संक्रमित भएका छन् । त्यसमध्ये चार हजार २४५ संक्रमणमुक्त भएका छन् ।
दश स्थानीय तहमध्ये पाँच स्थानीय तह उच्च जोखिममा छन् भने पाँच स्थानीय तह मध्यम जोखिममा रहेको कार्यालयका प्रमुख शङ्कर बाबु अधिकारीले जानकारी दिए । उनका अनुसार भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र म्याग्दे गाउँपालिका कोरोनाको उच्च जोखिममा छ । घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिका मध्यम जोखिममा छन् ।
भानु नगरपालिकाका ३१७, व्यास नगरपालिकाका एक हजार ६०६, शुक्लागण्डकी नगरपालिकाका एक हजार २७२, भिमाद नगरपालिकाका ४९०, म्याग्दे गाउँपालिकाका ४३९, घिरिङ गाउँपालिकाका १३४, ऋषिङ गाउँपालिकाका ८३, देवघाट गाउँपालिकाका ७८, बन्दीपुर गाउँपालिकाका २५८ र आँबुखैरेनी गाउँपालिकाका १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसमध्ये भानुमा २५७, व्यासमा एक हजार ३९१, शुक्लागण्डकीमा एक हजार १२५, भिमादमा ४५१ र म्याग्देमा ३९५ जना संक्रमणमुक्त भएका छन् । घिरिङमा १२६, ऋषिङमा ७९, देवघाटमा ७२, बन्दीपुरमा २५२ र आँबुखैरेनीमा ९७ जना संक्रमणमुक्त छन् ।
जिल्लामा यस अवधिमा छ हजार १०५ जनाको पीसीआर र छ हजार ६०१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ । जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी कोरोना संक्रमण हुने दर भानु नगरपालिकामा बढी छ । उक्त नगरपालिकामा कूल परीक्षणको ५५।८१ प्रतिशतमा कोरोना पुष्टि भएको छ । कोरोना संक्रमितमध्ये अधिकांश होम आइसोलेसनमा छन् ।
“निषेधाज्ञा खुकुलो भएसँगै सर्वसाधारणबाट स्वास्थ्य मापदण्ड अपनाएको देखिएको छैन,” स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले भने, “यसलाई कडा नगरिए स्थिति राम्रो हुँदैन ।” निषेधाज्ञा खुकुलो भए पनि कोरोना जोखिम नघटेकाले स्वास्थ्य मापदण्ड अपनाउन अधिकारीले आग्रह गरे । “स्वास्थ्य मापदण्ड अपनाए मात्रै कोरोना सङ्क्रमण न्यूनीकरण हुन्छ, लापरबाही गर्नुभएन,” अधिकारीले भने, “यसका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार