अस्पतालको शैष्याबाट झलनाथको विज्ञप्ति, माधव नेपाललाई साथ दिने घोषणा
नेपालबहस संवाददाता
भदौ ४, २०७८ शनिबार १:२६:५१
४ भदौ, काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनाल समूहका नेताहरुले एमालेभित्रै एकताको कुरा गरिरहँदा खनालले भने आफू माधव नेपालको पार्टीमा भएको जनाएका छन् । उनले अस्पतालको शैष्याबाटै विज्ञप्ति जारी गरेर आफू नेपालले दर्ता गराएको पार्टीमा रहेको बताएका हुन् ।
एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा झलनाथ खनालको नाम वरिष्ठ नेतामा रहेको छ । हाल दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनाल नयाँ पार्टी बनेपनि मौन बस्दै आएका थिए ।
एमाले संस्थापनले नयाँ पार्टीमा खनालको संलग्नता नरहेको दावी गर्दै आएका बेला खनालले नयाँ पार्टीलाई आफ्नो साथ र समर्थन रहेको औपचारिक रुपमा उल्लेख गरेका छन् । खनालको सचिवालयले नयाँ पार्टीलाई एमालेका पूर्वअध्यक्ष समेत रहेका उनको साथ र समर्थन रहेको स्पष्ट पारेको हो ।
खनालको आधिकारिक फेसबुकमा सचिवालयले लेखेको छ, ‘भारतको नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी गराउँदछौं ।’
माधव नेपालको नेतृत्वमा नेकपा समाजवादी पार्टीले आजै निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ । उनी समूहमा रहेका सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य, ठाकुर गैरे लगायतका नेता भने नेपालले गठन गरेको पार्टीमा गएका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
खैरो हेरोइनसहित नागढुंगाबाट एक जना पक्राउ
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
आजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड
मंसिर ९, २०८१ आइतबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार