बितेका २४ घण्टामा ३० जना संक्रमितको ज्यान गयो
नेपालबहस संवाददाता
भदौ ५, २०७८ शनिबार २२:१३:१६
५ भदौ, काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ बिरामी थपिएसँगै देशभर संक्रमितको सङ्ख्या आठ लाख २५ हजार ७२२ पुगेको छ ।
थप सात हजार ७०३ जनाको पीसीआर परीक्षण तथा पाँच हजार ३७२ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पीसीआर विधिबाट एक हजार ४२४ तथा एन्टिजेनबाट ६५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म छ लाख ९५ हजार ९२५ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ३८२ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९३ दशमलव तीन प्रतिशत रहेको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ३९ हजार ३२१ रहेको छ ।
बितेका २४ घण्टमा देशभर ६३ हजार ९६३ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर ७१८ संक्रमितको सघन उपचारकक्षमा तथा १६६ संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
उपत्यकामा ६६७ संक्रमित थपिए
काठमाडौं उपत्यकामा पछिल्लो समय ६६७ संक्रमित थपिएका छन् । काठमाडौंमा ४८३, ललितपुरमा १०३ तथा भक्तपुरमा ८१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा हाल सक्रिय संक्रमितको सङ्ख्या सात हजार ६६३, भक्तपुरमा एक हजार ४८१ तथा ललितपुरमा दुई हजार २९२ रहेको छ ।
कोरोनाबाट थप ३० संक्रमितको मृत्यु
पछिल्लो समय देशमा कोरोना भाइरसको संक्रमणन गुमाउनेको सङ्ख्या १० हजार ४८५ पुगेको मन्त्रालयले जनाएको छ । शुक्रबार कोरोनाबाट २६ जनाको ज्यान गएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार