राष्ट्रियस्तरका विकास बैंकले गरे चौथो त्रैमासमा साढे ५ अर्ब रुपैयाँ बढी मुनाफा, कुनको कति ?
नेपालबहस संवाददाता
भदौ ६, २०७८ आइतबार १२:२८:५७
६ साउन, काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त विवरणका अनुसार गत आर्थिक वर्षमा राष्ट्रियस्तरका विकास बैंकहरुले साढे ५ अर्ब मुनाफा गरेका छन् । जुन अघिल्लो आवको तुलनामा ६८.९५ प्रतिशत अर्थात् २ अर्ब २८ करोड ४९ लाख रुपैयाँ बढी हो ।
अघिल्लो आवको राष्ट्रियस्तरका विकास बैंकहरुको मुनाफा ३ अर्ब ३१ करोड ३९ लाख रुपैयाँ थियो ।
साथै, सो अवधिमा ८ वटा राष्ट्रिय विकास बैंकहरुले ४ अर्ब १० करोड ५८ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेका छन् । गत आवको असार मसान्तसम्म ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुको कुल चुक्ता पुँजी २६ अर्ब ९२ करोड ३३ लाख रुपैयाँ छ ।
हाल नेपालमा १८ वटा विकास बैंकहरु सञ्चालनमा छन् । जसमध्ये ८ वटा राष्ट्रियस्तरका र १० वटा क्षेत्रीयस्तर र जिल्लास्तरका विकास बैंकहरु हुन् ।
हाल राष्ट्रियस्तरका विकास बैंकहरुमा मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवाविकास बैंक, लुम्बिनी विकास बैंक, साइनरेसुंगा डेभलपमेन्ट बैंक र सांग्रिला डेभलपमेन्ट बैंक हुन् ।
कुन विकास बैंकको मुनाफा कति ?
मुक्तिनाथ विकास बैंक– बैंकले गत आर्थिक वर्षमा १ अर्ब १५ करोड ९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ६२.७० प्रतिशत अर्थात् ४४ करोड ३५ लाख रुपैयाँ बढी हो । यो नाफा नेपाल एसबिआई बैंक, सेञ्चुरी र सिभिल बैंकको भन्दा धेरै हो ।
साथै, सो अवधिमा बैंकको ८६ करोड ५ लाख ३२ हजार रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ४ अर्ब ८१ करोड १५ लाख रुपैयाँको आधारमा बैंकले गत आवको नाफाबाट लगानीकर्तालाई १७.८८ प्रतिशत लाभांश वितरण गर्न सक्छ ।
गरिमा विकास बैंक– बैंकले गत आर्थिक वर्षमा ८२ करोड ५२ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४२.९७ प्रतिशत अर्थात् २४ करोड ८० लाख ३२ हजार रुपैयाँ बढी हो । बैंकको यो मुनाफा सेञ्चुरी र सिभिल बैंकको भन्दा धेरै हो ।
ज्योति विकास बैंक– बैंकले गत आर्थिक वर्षमा ७४ करोड १६ लाख ८० हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५१.९७ प्रतिशत अर्थात् २५ करोड ३२ लाख २३ हजार रुपैयाँ बढी हो । बैंकको यो मुनाफा सिभिल बैंकको भन्दा धेरै हो ।
महालक्ष्मी विकास बैंक– बैंकले गत आर्थिक वर्षमा ७३ करोड २९ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७१.०२ प्रतिशत अर्थात् ३० करोड ४३ लाख ५१ हजार रुपैयाँ बढी हो । बैंकको यो खुद नाफा सिभिल बैंकको भन्दा धेरै हो ।
कामना सेवा विकास बैंक– बैंकले गत आर्थिक वर्षमा ७० करोड २ लाख ४० हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४ सय ८४.९० प्रतिशत अर्थात् ५८ करोड ५ लाख २१ हजार रुपैयाँ बढी हो । बैंकको यो मुनाफा सिभिल बैंकको भन्दा धेरै हो ।
लुम्बिनी विकास बैंक– बैंकले गत आर्थिक वर्षमा ५१ करोड ६२ लाख ८८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३६.३८ प्रतिशत अर्थात् १३ करोड ७७ लाख २७ हजार रुपैयाँ बढी हो ।
साइनरेसुंगा डेभलपमेन्ट बैंक– बैंकले गत आर्थिक वर्षमा ५१ करोड ४५ लाख २५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा २१.६८ प्रतिशत अर्थात् ९ करोड १६ लाख ६४ हजार रुपैयाँ बढी हो ।
सांग्रिला डेभलपमेन्ट बैंक- बैंकले गत आर्थिक वर्षमा ४१ करोड ६९ लाख ३० हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १ सय १८.१८ प्रतिशत अर्थात् २२ करोड ५८ लाख ८३ हजार रुपैयाँ बढी हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
मेक्सिकोको ट्रम्पलाई चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छौ'
मंसिर १२, २०८१ बुधबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार