एमालेको तेस्रो धार ओलीसँगै समाहित हुन राजी, बालकोट वार्ता सफल भएको दावी
नेपालबहस संवाददाता
भदौ ७, २०७८ सोमबार २१:५७:५४
७ भदौ, काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग अलग भएका नेताहरुको माग पूरा हुने संकेत देखिएको छ । सोमबार बिहान बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद भएपछि एमालेको तेस्रो धार ओलीसँगै समाहित हुन राजी हुँदै बालकोट वार्ता सफल भएको दावी गरिएको छ ।
उनीहरु र ओलीबीच सहमति भएपछि नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाउन स्थायी कमिटी बैठक बोलाएको छ । माधव नेपालको साथ छाडेका मध्यमार्गी धारका नेताहरूसँगको छलफलपछि मंगलबार स्थायी कमिटी बैठक बस्न लागेको हो ।
ओलीले सोमबार बिहानै बोलाएर छलफल शुरु गरेका थिए । नेकपा एमाले विभाजनमा संलग्न नरहेका तर माधव नेपाल समूहमा रहँदै आएका एकता पक्षधर स्थायी कमिटीका सदस्यहरु अध्यक्ष ओलीसँग निर्णायक छलफल गर्नुे भन्दै मंगलबारसम्म सबै विषय टुंगाउन आग्रह गर्दै आएका थिए ।
तत्कालीन कार्यदलका सदस्य शंकर पोखरेल लगायतका नेताहरुसँग छलफल र वार्ता गरेका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरु १० बुँदे कार्यन्वयनको विषयमा छलफल गर्न बालकोटबाट बोलावट भएपछि आज छलफलका लागि पुगेका थिए । उनीहरुले कार्यदलले दिएको १० बुँदे सहमतिलाई कार्यान्वयनका लागि मोडालिटी तयार पारे अघि बढ्ने प्रस्ताव गरेका छन् ।
एमाले बनाउन र पार्टी निर्माणमा पाँच दशक लामो संघर्ष गरेका दुई नेता राजनीतिक दल सम्बन्धी अध्यादेश जारी भएपछि विधिवत रुपमै अलग भई नेपालले नयाँ दल गठनका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् । एमालेका अध्यक्ष ओली र वरिष्ठ नेपालले अध्यादेश जारीपछि अलग–अलग बाटो समातेपछि नेपालले नयाँ दल खोल्न निवेदन दिएपनि नेपालसँग बिगतदेखि नै साथमा रहेका नेताहरुले भने साथ दिएका थिएनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार