मुख्यमन्त्री कुलप्रसाद केसीले पाए पक्षमा ४२ मत
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
भदौ ७, २०७८ सोमबार २३:२६:५९
![](https://nepalbahas.prixacdn.net/media/albums/kul-prasad-kc-sonam_dkQ31LqNoB.jpg)
७ भदौ, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत पाएका छन् । सोमबार अपरान्ह प्रदेशसभा भवनमा विश्वासको मत मागेका उनले विश्वासको मत पाएका हुन् ।
मुख्यमन्त्री केसीका पक्षमा ४२ मत आएको सभामुख पूर्णबहादुर घर्तीले प्रदेश सभामा घोषणा गरेर सुनाएका छन्।मुख्यमन्त्री केसीले विपक्ष अर्थात् हुन्न भन्नेमा शून्य मत प्राप्त भएको छ । तटस्थतर्फ १ मत खसेको छ ।
हाल लुम्बिनी प्रदेशसभामा ८० सदस्य रहेका छन् । मुख्यमन्त्री केसीले विश्वासको मत पाउन ४१ सांसदको मत पाउनुपर्ने थियो ।
मुख्यमन्त्री केसीले नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८ ‘सभामुख बाहेक’,जनता समाजवादी पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र सांसद अजय शाहीसहित ४२ सांसदको मत पाएका छन् ।
विपक्षी एमालेका ३७ सदस्य भने अनुपस्थित रहे । साउन २७ गते चार दल र एक स्वतन्त्र गरी ४२ जना प्रदेशसभा सदस्यको समर्थन पाएर मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार