बैतडीमा २९ हजारभन्दा बढी नागरिकले गरे कोरोना परीक्षण
नेपालबहस संवाददाता
भदौ ७, २०७८ मंगलबार ०:३:५४
७ भदौ, बैतडी । बैतडीमा २९ हजारभन्दा बढी नागरिकको कोरोना परीक्षण गरिएको छ । जिल्लाभरी पीसीआर र एन्टीजेन विधिबाट २९ हजार १८ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्यकार्यालय बैतडीले जनाएको छ ।
कोरोना संक्रमण फैलिएयता परीक्षण गरिएकामध्ये दुई हजार सात सय १५ जनामा कोरोना पुष्टि भएको छ । पीसीआर विधिबाट १४ हजार सात सय ५६ जनाको कोरोना परीक्षण गरिएको र तीमध्ये दुई हजार दुई ९३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले जानकारी दिए ।
यस्तै एन्टीजेन विधिबाट १४ हजार दुई ६२ जनाको कोरोना परीक्षण गरिएकोमा चार सय २२ जनामा कोरोना पुष्टि भएको उनले बताए । कोरोना पुष्टि भएकामध्ये १८ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड अपनाउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । चाडपर्वको समय नजिक आएकाले यो बेला भीडभाड नगर्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । भीडभाडका बेलाकोरोनाभाइरसको जोखिम बढ्ने भएकाले सतर्क रहनआग्रहगरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
पार्टी संगठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी
पुष ६, २०८१ शनिबार
एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार