बर्दियाबाट बुलेट मोटरसाइकलसहित लागुऔषध कारोबारी पक्राउ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
भदौ ८, २०७८ मंगलबार ११:५८:०
![](https://nepalbahas.prixacdn.net/media/albums/pakrau-2-2-scaled-e1629764798446_ibBJT8KOsY.jpg)
८ भदौ, बर्दिया ‘गुलरिया’ । लागुऔषध ब्राउन सुगरसहित एक कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा नेपालगंजबाट लागू औषध ब्यूरो र बर्दिया प्रहरीको संयुक्त टोलीले गुलरिया बजार सहिद पार्क नजिकैबाट बा ८५ प ९८२८ नम्वरको बुलेट मोटरसाइकलसहित गुलरिया नगरपालिका–२ खैरापुरका ३५ वर्षीय अकलेश यादवलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
शंकास्पद रुपमा बिगत देखि निगरानीमा रहेका यादवको मोटरसाईकल रोकी प्रहरीले खानतलासी गर्दा लागु औषध बरामद भएको प्रहरीले बताएको छ ।
प्रहरीले खानतलासी गर्दा यादवको साथबाट ३० वटा साना–साना पुरिया बनाई राखेको लागु औषध ब्राउन सुगर प्रहरीले फेला पारेको हो ।
उनको साथबाट २७ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर र एक मोबाईल समेत फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका यादव लागु औषधको कारोबारी रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हेम बहादुर शाहीले बताए । यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको शाहिले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्षेत्रपाटीबाट चोरिएको मोटरसाइकल नयाँ बजारमा फेला
फागुन ५, २०८१ सोमबार
ट्राफिक प्रहरीले गर्यो सवारी जाँचमा कडाइ
फागुन ५, २०८१ सोमबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार