विरुवा गाँउपालिकामा व्यापक आर्थिक अनियमितता भएको नेपाली कांग्रेसको दावी
नेपालबहस संवाददाता
भदौ ८, २०७८ मंगलबार १६:३७:१९
८ भदौ, स्याङ्जा । सुशासन कायम गर्ने प्रतिबद्धता जनाएर निर्वाचनमा विजयी भएका जनप्रतिनिधिको मिलोमतोमा आर्थिक अनियमितता भएको भन्दै नेपाली कांग्रेस विरुवा गाँउ कार्य समितिले एक विज्ञप्ती प्रकाशित गरी ध्यानाकर्षण गरेको छ ।
नेपाली कांग्रेस विरुवा गाँउपालिकाका सभापति युवराज केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनप्रतिनिधिहरूको संलग्नतामा आर्थिक अनियमितता भएको, उपभोक्ता समितिसँग मिलेमतो र विभिन्न विकास योजनाहरुमा अपारदर्शिता अपनाएको जस्ता गुनासा आउन थालेपछि नेपाली कांग्रेसले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
पालिकाभित्र भएका कामहरुमा अपारदर्शिता र अनियमितता भएपछि सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा आफ्ना कमीकमजोरीहरुलाई ढाकछोप गरि नेपाली कांग्रेस विरुवाले उठाएका समसामयिक विषयवस्तुलाई गाउँपालिकाले राजनीतिक पूर्वाग्रहको संज्ञा दिई सत्यतथ्य लुकाउने प्रयास गरेको आरोप लगाइएको छ ।
विरुवा गाँउपालिकाले पछिल्लो समयमा गरेका विकाश निर्माणका काममा भएका अनियमितता, कोभिड नियन्त्रणमा भएका आर्थिक अनियमितता, वडाका बाटाहरु ग्रावेल गर्ने नाममा २५ लाख विनियोजित गरि गरिएको अनियमितता, म्याङखोला पुल उद्घाटनमा भएको खर्च सार्वजनिक नगरिएको, भञ्ज्याङ विरुवा सडक खण्ड अन्तर्गत देउराली डाँडाको पहिरो नियन्त्रणमा चासो नदिइएको, युवा स्वरोजगारको नाममा २० लाखको हलो वितरण गर्ने कार्यक्रम विना कार्यविधि वास्तविक किसानलाई नभई पार्टीका कार्यकर्तालाई वितरण गरिएको, सुन्तालाका बेर्ना बाड्ने कार्यक्रम अपारदर्शी ढंगबाट गरिएको विषयमा खोजी गरी तत्काल सार्वजानिक गर्न माग गर्दै २०७८ असार २८ गते गाँउपालिकालाई ज्ञापनपत्र बुझाइएको विज्ञप्तिमार्फत जनाएको छ ।
“आफ्नो कर्तव्यबाट पन्छिदै जनताको हक अधिकारलाई कुल्चदै गाँउपालिकाले गरेका यस्ता अनियमितताका कामहरुप्रति हाम्रो घोर आपत्ति छ,” विज्ञप्तिमा भनिएको छ । गाउँपालिका भित्र भए गरेका आर्थिक अनियमितता एवम् अपारदर्शी कार्यहरुको सत्यतथ्य जानकारी गराउन जोडदार माग गर्दै सत्य, तथ्य विवरण सार्वजानिक नगरेको खण्डमा जुनसुकै कदम चाल्न नेपाली कांग्रेस विरुवा बाध्य हुने चेतावनी समेत दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार