माधव नेपालको पार्टीमा १७ पदाधिकारी, ५१ पोलिटव्यूरो सदस्य र १५१ केन्द्रीय सदस्य
नेपालबहस संवाददाता
भदौ ८, २०७८ मंगलबार १६:५८:२
८ भदौ, काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा १७ पदाधिकारीसहित १५१ केन्द्रीय सदस्य रहने भएका छन् ।
चन्द्रागिरी हिल्समा बसेको पार्टीको बैठकले अन्तरिम विधान २०७८ र घोषणापत्र अनुमोदन गर्दै सांगठानिक संरचनाको टुंगो लगाएको हो ।जसमा अध्यक्ष, वरिष्ठ नेता, सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र सात सचिवसहित १७ जना पदाधिकारी रहनेछन् ।
नवगठित पार्टीमा ११५ पूर्ण र ३६ वैकल्पिकसहित १५१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । ५१ सदस्यीय पोलिटव्युरो हुनेछ भने २१ सदस्यीय स्थायी कमिटी रहने भएको छ । प्रदेश, जिल्ला र स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष र सचिव रहने व्यवस्था विधानमा छ ।
यो पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्सवाद–लेनिनवाद हुने भएको छ । पार्टीको विधान र घोषणापत्रमा जबजको साटो रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद कायम गरिएको छ ।
नेता नेपालले एमालेबाट छुट्टिएर नेकपा समाजवादी गठन गर्न लागेका हुन् । पार्टी दर्ताको निवेदन निर्वाचन आयोगमा विचाराधिन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड
मंसिर ९, २०८१ आइतबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार